साउन १५, कोहलपुर – पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेको खबर आजको नागरिकमा छ ।

अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर उत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन् ।
उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ ।
दैलेख नारायण नगरपालिका ६ घर भएका सार्कीले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए ।
उनी आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि भोकभोकै अनशनमा रहेको खबर आज प्रकाशित नागरिकमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा