बढ्दै छन् विवाहेतर सम्बन्ध : फेसबुकले निम्त्याउँछ यस्तो समस्या

सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ ।14प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।

कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइ पाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुकर फोनबाट श्रीमानको पहिलेकी प्रेमीकासँग झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ ।

धादिङका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुका चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक बर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह गनेृ वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केहि अघि मात्र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरेको थाहा पाए । काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन् । उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा पुगिन् ।

प्रहरीमो महिला सेलमा आजकल अधिकांश महिलामाथि श्रीमान वैदेशिक रोजगारीमा गएपछि अर्को सम्बन्ध बनाएको यजुरी पर्ने गरेको छ ।

केही घटनामा भने सामाजिक सञ्जालमार्फत भएको मित्रतालाई शंका गरेर प्रहरीअगाडि पुग्ने दम्पती पनि छन् ।

कालिमाटी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक सुरक्षा केसीले भनिन् ‘दिनहुँ पतिपत्निबीचको झगडा १० भन्दा बढी आउँछन्, जसमा हिजो आज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ । यस्ता घटनामध्ये धेरैलाई घरायसी झगडासम्म मात्र सीमित हुन्छ भने केही घरेलु हिंसासम्म निम्त्याउँछ ।’

यस्ता सम्बन्ध बनाउनेमा महिला र पुरुष दुवैको संख्या उत्तिकै रहेपनि  सम्पत्ति लिएर महिला गएपछि मात्र पुरुषहरु प्रहरीअगाडि आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा