तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो ।

जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन् । दुइृ सय ६ मध्ये १ सय ४० वटा मुद्दाको छिनोफानो गरी २ सय ५१ जना आन्दोलनकारीले सफाइ पाइसकेका छन् ।
मधेस आन्दोलनका गम्भीर घटनामध्ये ६६ वटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको छ । छिनोफानो गर्न बाँकी रहेका ६६ मुद्दामा ४ सय ३१ जना आन्दोलनकारी मुछिएका छन् ।
जानकारीअनुसार ६६ वटा मुद्दामध्ये ५२ वटा मुद्दाका २ सय ७२ जना अहिले पनि फरार सूचीमा रहेका छन् ।
तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र हाल राजपा नेपालका पदाधिकारीहरु पनि फरार सूचीमा छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
टिकापुर घटनामा राजपाका केन्द्रीय सचिव रेशम चौधरीसहितका पदाधिकारी फरार छन् ।
जलेश्वरमा प्रहरी हत्याको घटनामा संलग्न रहेका महासचिव देवेन्द्र यादवसहितका नेताहरु फरार सूचीमा छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा