राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि घटाउने कसरत, कर्मचारी संगठन आन्दोलनमा

काठमाडौं, ११ साउन– नेपाल राष्ट्र बैंकले प्रचलनमा रहेको कर्मचारीको ३० बर्षे सेवा अवधिको प्रावधान हटाउन गृहकार्य गरिरहेको विषयलाई लिएर विवाद भएको छ । राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी नेतृत्वको जनशक्ति योजना सम्बन्धि सुझाव दिन गठित समितिले हाल प्रचलनमा रहेको कर्मचारीको सेवा अवधिको अवधि हटाउने विषयमा कर्मचारीहरु आन्दोलित भएका हुन् । 

nepal-rastra-bankनेपाली कांग्रेस समर्थित नेपाल वित्तीय संस्था कर्मचारी संघ र नेकपा एमाले समर्थित नेपाल राष्ट्र बैंक कर्मचारी संघले कर्मचारीको वृत्ति विकासमा अवरोध पुग्ने कुनै पनि प्रावधान स्वीकार्य नहुने चेतावनी दिएका छन् । वित्तीय संस्था कर्मचारी संघले जनशक्ति विकास योजना निर्माण उच्चस्तरीय समितिलाई पत्राचार गर्दै राष्ट्र बैंकमा कायम ३० बर्षे सेवा अवधिको प्रावधान नचलाउन माग गरेको छ । 

नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको विनियम (१११) मा ३० वर्षे सेवा अवाधिको प्रावधान राखिएको छ । हाल आएर उक्त सेवा अवधिलाई घटाएर २८ वर्षे सेवा अवधि कायम गर्ने विषयमा छलफल भइरहेको छ । 

वित्तीय संस्था कर्मचारी संघले उक्त व्यवस्था नचलाउन अनुरोध गर्दै आएकोमा समितिका अधिकांश सदस्यले संशोधन गरेरै छाड्ने अडान लिएका छन् । 

आफूहरुलाई उक्त संशोधन मान्य नहुने र सहमति विना एकपक्षीय ढंगले समितिले सञ्चालक समितिलाई प्रतिवेदन बुझाए आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने