आगामी हिउँद पनि उज्यालै : लोडसेडिङ हुन नदिने यस्तो तयारी

साउन ११, काठमाडौं – विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन् ।

load-shedding-electricity-ratopati_znL9cXbX0l

भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले आयात गर्ने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए ।

यी दुई प्रसारण लाइनबाट आउने बिजुलीको भाउ तय भएपछि आगामी हिउँदमा सय मेगावाट बिजुली आयात हुने अधिकारीले जानकारी दिए ।

‘निर्माण सम्पन्न भएर पनि भाउ तय नभएका कारण यी लाइन (कुसाहा र रक्सौल) बाट थप बिजुली आयात भएको छैन’, अधिकारीले भने, ‘व्यापारिक तवरमा आयात हुने भाउ छिनोफानो भएपछि नेपालमा बिजुली आयात गर्न सहज हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा