६ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिकले बिहीबारको मन्त्रिपरिषद बैठकले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगको समाचारलाई फ्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेका छन् ।
यसका अलावा भारतको राष्ट्रपति पदमा रामनाथ कोविन्द निर्वाचित भएको समाचारलाई पनि सबैजसो राष्ट्रिय दैनिकले प्रमुख समाचार बनाएका छन् ।
आजको कान्तिपुर दैनिकले निर्वाचन क्षेत्र निर्धारण आयोगका अलावा भूकम्पपछि पुनर्निर्माण थालिएको गोरखा दरवारको ठूलो तस्वीर प्रकाशन गरेको छ भने कर्मचारी स्थानीय तहमा जान नमानेको समाचारलाई पनि प्राथमिकता दिएको छ ।
त्यस्तै नयाँ पत्रिका दैनिकले ‘९३ प्रतिशत भूकम्पपीडित तेस्रो बर्खामा पनि टहरामै’ शीर्षकमा मूख्य समाचार बनाएको छ ।
सिंहदरबारभित्र आइएनजिओको ९० अर्व शीर्षकमा आजको नागरिक दैनिकले मूख्य समाचार प्रकाशन गरेको छ ।
आजको अन्नपूर्ण पोष्टले करोडौं खर्चिएर भत्काइएका छाउ गोठहरु पुनः ठडिन थालेको समाचारलाई प्राथमिकता दिएको छ । पछिल्ला केहि अंकदेखि अन्नपूर्णले लगातार छाउ कुप्राथाबारेको खोज समाचार प्रकाशन गरिरहेको छ ।







काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा