ललितपुर–ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४– ७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
महानगरले ४३ करोड १२ लाख ८७ हजार रुपैयाँ बजेट चालु खर्चका लागि र पुँजीगत तर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार विनियोजन गरेको छ ।
प्रस्तावित खर्चमध्ये आन्तरिक श्रोत बाट १ अरब २२ करोड ४४ लाख प्रस्ताव गरिएको छ । त्यसमा नेपाल सरकारको ससर्त अनुदान तर्फ ८८ करोड १२ लाख ६३ हजार , वित्तिय समानीकरण तर्फ ५६ करोड ७ लाख ४७ हजार , बहुवर्षिय सडक विस्तार तर्फ १० करोड , विषयगत अनुदान तथा सामाजिक सुरक्षा खर्च तथा विकास कार्य तर्फ २६ करोड १५ लाख, लागत सहभागीता ३ करोड तथा वैदेशिक अनुदानबाट ७७ करोड १२ लाख गरी जम्मा ३ अरब २२ करोड ९१ लाख १० हजार व्यहोर्ने गरि प्रस्ताव गरिएको छ ।
शनिबार पहिलो नगरसभा गर्दे महानगरका मेयर चिरीबाबु महर्जनले ३ अर्ब २२ करोड रुपैयाँ बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन् ।
लामो समय देखि कर नतिरेका करदाताको सुची महानगरको वेभ साईटमा प्रकासित गर्नुको साथै कर संकलनमा उल्लेख्य प्रगती हासिल गर्नका लागि २०७४ लाई कर बर्ष घोषणा गर्दै बर्ष भरी मालपोल, घर जग्गा र व्यवसाय करमा १० प्रतिशत छुट दिएको छ । साथै बक्यौतामा समेत १० प्रतिशत छुट गरि जरिवाना मिनाहा गरेको छ । महानगरले नगरबासीलाई सुविधा दिनका सम्बन्धीत वडा कार्यालयहरु मार्फत नै मालपोत लगायत अन्य कर संकलन गर्ने व्यवस्था मिलाएको छ ।
महानगर तथा वडामा बनाईने भवनलाई अपाङग मैत्री बनाउने, तथ्याङलाई चुस्त दुरुस्त राख्नका लागि डाटा बैकको स्थापना गर्ने, शंखमुलमा विद्युत् सवदाह गृह बनाउने, वस्ती विकास मापदण्ड निर्देशिकालाई कार्यान्वयनमा ल्याउने लगायत नगर सुधारका कार्यक्रम अघि सारेको छ ।
महानगरले मुख्य शहरमा रहेका आवासिय भवनलाई पनि व्यवसायीक भवन मानि सोही अनुसारको कर लगाउने निति अवलम्बन गरेको छ । त्यसैगरी नेपाल सरकारका विषयगत कार्यालयहरु महानगरभित्र मातहत आउदा प्राप्त हुने बजेटलाई तीनै कार्यालयका लागि नै छुट्याउनुको साथै समन्वयात्मक व्यवस्थापन गरि नगरलाई अस्तव्यस्त हुनबाट जोगाउने लक्ष राखिएको पनि मेयर महर्जनले बताए ।
महानगरपालिकाले दिगो पूर्वाधार र वैकल्पिक उर्जाको विकास, सांस्कृतिक सम्पदाको पुनर्निर्माण गरि पर्यटन मार्फत आथिर्क उपार्जन लगायतकलाई पनि बजेटमा प्राथमिकता दिएको छ ।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा