
१३ असार, काठमाडौं । वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयवासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले त्रस्त छन् । मुसलधारे पानी परेलगत्तै धोबीखोलामा पानीको बहाव माथिसम्म आउने र खोलामा रहेको फलामको पुलले पानी छेक्दा स्थानीयको घरघरमा पानी पसेर हिलाम्मे हुने गरेको छ ।
धोबीखोलाको पक्की पुल निर्माण गर्न भण्डार थोडंगा जिटेक जेभी ठेकेदार कम्पनीले ठेक्का पाएको छ । तर, ठेक्का पाएको तीन वर्ष बितिसक्दा पनि खोलामा पुल निर्माण भएको छैन । ठेकेदार कम्पनीले अहिलेसम्म ५२ लाख रुपैयाँ सकिसकेको छ । तर, उसले खोलाको दुई किनारामा खाल्डो खन्नेबाहेक केही गर्न सकेको छैन ।
अनामनगर–थापागाउँ जोड्ने पुल बनाउन ०७१ सालमा ५२ लाख लिएका ठेकेदारले खाल्डो खनेर काम रोके । उनले निकालेको माटोले पानी थुन्दा वरपरका घर डुवानमा छन् । तर, ठेकेदार त्यो खाल्डो खन्न पनि एक करोड खर्च भएको दाबी गरिरहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा