शीर्ष नेता को कहाँ मत हाल्दै ?

१३ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै व्यस्त छन् ।

सभामुख ओनसरी घर्तीले लिवाङ–७ रोल्पाबाट भोट हाल्दैछिन् । बालोदय माध्यमिक विद्यालय घर्तीले मतदान गर्ने केन्द्र हो । उपराष्ट्रपति नन्दबहादुर पुन खोलीगाउँपालिका–२ रोल्पाबाट मतदान गर्दैछन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामबाट भोट हाल्दैछन् । खनालको मतदान केन्द्र सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमाविमा रहेको छ ।

कृष्ण सिटौलाले झापाको भद्रपुर–१० स्थित कबलगुडी प्राविबाट मत हाल्दैछन् भने एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमाविबाट मत हाल्दैछन् ।

एमाले नेता सुवास नेम्बाङले इलाम र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ बाट मताधिकार प्रयोग गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा