जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको सुत्ने कोठा बनेको छ । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए । तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन । जसका कारण पूर्वआइजिपीहरू लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । पढ्ने कोठा भएकाले त्यहाँ सुत्ने खाटसमेत छैन आजको नयाँ पत्रिकामा खबर छ । । उनीहरू भुइँमै सुत्छन् ।

खाग तस्करी पूर्वआइजिपीका कमान्डर 
हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ । जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन् । उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन् । डिल्लीबजार जेलमा खाग तस्करीको आरोपमा जेल परेका यामकुमार पुन चौकीदार छन् । उनै पुनको निर्देशनअनुसार पूर्वआइजिपीहरू जेलमा चल्नुपर्ने हुन्छ । बिहीबार पुनले जेलको नियमबारे पूर्वआइजिपीहरूलाई जानकारी गराएका थिए । जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन् । जेलमा आफूहरूले सबैलाई समान व्यवहार गर्ने जेलर कार्की बताउँछन् ।

कैद र जरिवानामा २० प्रतिशत छुट हुने भएकाले जेल चलान
नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचारको अभियोगमा उनीहरूलाई विशेष र सर्वाेच्च अदालतले दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको थियो । अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएमा कैद र जरिवानामा २० प्रतिशत छुट हुने प्रावधान रहेकाले उनीहरू बुधबार आफैँ अदालतमा उपस्थित भएका हुन् ।

सर्वाेच्चले १७ वैशाखमा सुडान भ्रष्टाचार मुद्दाको फैसला गर्दै तीन पूर्वआइजिपी, तीन पूर्वएआइजी र एक पूर्वएसएसपीलाई दोषी ठहर गरेको थियो । फैसलाको सूचना पाएको मितिले दुई महिनाभित्र उपस्थित भएमा छुट हुने प्रावधान छ । दुई महिनाको अवधि ननाघेकाले उनीहरू छुटका लागि चारजना अदालतमा उपस्थित भएका हुन् ।

सर्वाेच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । राणा ०६३ भदौदेखि ०६५ भदौसम्म तथा गुरुङ ०६५ भदौदेखि फागुनसम्म नेपाल प्रहरीको आइजिपी थिए ।

त्यस्तै, दीपकसिंह थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा दीपककुमार श्रेष्ठलाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरेको थियो । उनीहरू सुडान मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा प्रत्यक्ष संलग्न थिए । सोही मुद्दामा अदालतले दोषी ठहर गरेका पूर्वआइजिपी रमेशचन्द ठकुरी, पूर्वएआइजी श्यामसिंह थापा र पूर्वएसएसपी रवि राणा उपस्थित भएका छैनन् ।

को–को छन् जेलमा ?
पूर्वआइजिपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठ सोही कोठामा बस्दै आएका छन् । जेलमा नयाँ आउने कैदी–बन्दीले सुत्ने ठाउँ पाउँदैनन् । त्यसकारण उनीहरू लाइब्रेरीमै सुत्नुपर्छ । सुत्नका लागि उनीहरूले घरबाट खाट मगाएका छन् । ‘तत्कालका लागि उहाँहरूलाई लाइब्रेरीमा सुत्ने व्यवस्था मिलाएका छौँ,’ डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले भने, ‘अन्य कोठा खाली भएपछि उहाँहरूलाई सार्छाैँ ।’

डिल्लीबजारस्थित कारागारको क्षमता दुई सय २० जनाको हो । तर, जेलमा पाँच सय ७० कैदी–बन्दी छन् । जसकारण उनीहरूले सुत्ने ठाउँसमेत नपाएका हुन् । पूर्वआइजिपी बस्दै आएको कोठामा झ्यालसमेत छैन । गर्मीले त्यहाँ बस्न उनीहरूलाई निकै कठिन छ । राम्रो कोठामा सारिदिन उनीहरूले जेलरलाई आग्रह गर्दै आएका छन् ।

 गफगाफ र अध्ययन 
डिल्लीबजार जेलमा रहेका पूर्वप्रहरी हाकिमहरूको दैनिकी प्रायः गफगाफमै बित्ने गरेको छ । त्यसबाहेक पत्रपत्रिका, किताब पढेर उनीहरूले दिन बताउने गरेका छन् । डिल्लीबजार कारागारका एक प्रहरीका अनुसार जेल बस्नुपरेकामा उनीहरूमा हीनताबोध देखिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न