प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

pm-prachanda-interview-2-530x304

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को मंगलबार लोकार्पण गर्दै प्रचण्डले भने, ‘वीरेन्द्रको वंश विनाशपछि वार्ताको कडी टुट्यो, एउटा असली राजा र नाटकीय रूपमा आएका राजाले सोच्ने तरिका फरक हुँदोरहेछ । एउटा विद्रोही नेताको नाताले मैले त्यस्तै अनुभूति गरेँ ।’

प्रचण्डले राजकुमार दिक्पालको कथाको प्रसंग सुनाउँदै सक्कली र नक्कली राजाले सोच्ने तरिकामा फरक हुने विचार व्यक्त गरे । नक्कली राजा (ज्ञानेन्द्र शाह) ले परिस्थिति आफ्नो हातमा राख्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई आएको मौका समाउन नसक्दा दिल्लीमा १२ बुुँदे समझदारी भएको खुलासा गरेका छन् । ‘१२ बुँदे समझदारी यता वा उताबाट भए पनि हुनैपर्ने थियो । त्यो जरुरी भइसकेको पनि थियो,’ प्रचण्डले भने, ‘ज्ञानेन्द्रले सकेनन् । राजाको हातमा आएको मौकासमेत उनले समाउन सकेनन् र १२ बुँदे समझदारी दिल्लीमा बन्न पुग्यो ।’

जनयुद्ध सुरुवात गर्दा र शान्तिप्रक्रियामा आउने वातावरण राष्ट्रिय 
अवस्थाले मात्र नभई अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्माण गरेको प्रचण्डले बताए । ‘युद्ध गर्ने र शान्तिप्रक्रियामा आउने वातावरण विल्कुल मनोगत रोमान्सका आधारमा मात्र भएको थिएन,’ उनले भने, ‘नेपाली समाजको विकास प्रक्रियाको आवश्यकता र अन्तर्राष्ट्रिय परिस्थिति सबैको वस्तुवादी विश्लेषणका आधारमा भएका थिए ।’

१२ बुँदे समझदारीको वातावरण रोल्पामै

७ मंसिर ०६२ मा दिल्लीमा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीचमा १२ बुँदे समझदारी भएको थियो । दिल्लीमा भएको उक्त सम्झौताको स्वदेशभित्र सम्झौता नगरी बाह्य मुलुकमा गरेको भन्दै वेलाबखत आलोचना हुँदै आएको छ । तर, प्रचण्डले १२ बुँदे समझदारी दिल्लीमा भए पनि त्यसको वातावरण भने रोल्पाको लोसेवाङ बैठकमै भएको दाबी गरे ।

‘रोल्पाको लोसेवाङमा दुई दिन वार्ता गरेपछि १२ बुँदे समझदारी गर्ने रोल त्यसले निर्माण गरेको हो,’ प्रचण्डले भने, ‘कसैले माने वा नमाने पनि यो एउटा हिस्टोरिकल फेनामेना हो, यसैका कारण गणतन्त्र, धर्मरिनपेक्षता, संघीयता, समानुपातिक समावेशिताजस्ता मुद्दा नेपालमा सम्भव भएको छ । यो सामान्य परिघटना होइन, आलोचना गर्नेलाई वस्तुवादी भएर हिस्टोरिकल पर्सपेक्टिभमा रहेर गरियोस् ।’

दलहरूले आँट नगरेपछि राजासँगै संवाद
शान्तिप्रक्रियाको सुरुवात गर्ने र संविधानसभाको निर्वाचन गर्ने विषयमा सिलगुढी बैठकमा अरू दलका नेताहरूलाई प्रस्ताव गरे पनि उनीहरूले आँट नगरेपछि राजासँगै संवादको प्रक्रिया सुरु गरेको प्रचण्डले खुलासा गरे । ‘सिलगुढी वार्ताको प्रस्तावमा राजालाई मनाउन नसकेर दलहरू सक्षम नदेखिएपछि आफूहरूले भरिया होइन, सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ, त्यो निकै चर्चामा पनि रह्यो,’ प्रचण्डको भनाइ थियो, ‘राजालाई मनाउन दलहरू सक्षम नदेखिएपछि हामीले सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा