एसइईको परीक्षाफल कसरी थाहा पाउने ?

 see-result-2073-2074-768x419

परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि सबै काम सकेर शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हो ।परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी छन् । यसमध्ये नियमित तर्फ ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।

यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् भने २.८ देखि ३.२ जीपीसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।

परिक्षामा सामेल भएका मध्ये २१९ जनाको परिक्षा रद्ध गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् ।गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउँथ्यो ।यस वर्ष भने सैद्धान्तिक विषयमा डि, डि प्लस र इ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड बृद्धिको परीक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।

नतिजा कसरी हेर्ने ?

नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर
एनसेल तथा नेपाल टेलिकमको सटकोड १६००
आकाश टेक प्रा. ली. को सटकोड ३१००३,
फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६,
वान अफ कम्युनिकेशन को सटकोड ३३६२४,
जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१,
इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने ।

यसका साथै निम्न वेभसाइटमा पनि परीक्षाफल राखिन्छ-

शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np,
शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np,
परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np,
राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np,
आकाश टेक प्रा. लि. www.inheadline.com,
नेपाल टेलीकम www.see.ntc.np,
पि. एण्ड पि मल्टी मिडिया प्रा.लि. www.edukhabar.com,
एनसेल प्रा. लि. www.ncell.axiata.com,
वान अप कम्युनिकेशन प्रा. लि. www.meroshikshya.com,

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ