कक्षा ११ को परीक्षा तयारी पूरा

examination-boardकाठमाडौँ, ३० जेठ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ ।परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९९३ केन्द्र तोकिएका छन् । बोर्डले मंगलबार पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ ।शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका कावा अध्यक्ष शान्तबहादुर श्रेष्ठले परीक्षा अवधिमा कुनै पनि दल र समूहबाट बन्द–हडतालका कार्यक्रम नगर्न आग्रह गरिएको र त्यस्तो अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने बताए । उनले विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको दाबी गरे ।

बोर्डका सदस्यसचिव डा डिल्लीराम रिमालले गत वर्षको कक्षा १२ को परीक्षामा प्रश्नपत्र नपुगेको लगायतका समस्याका कारण तत्कालीन परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बनपछि भएको छानबिनको प्रतिवेदन प्राप्त भएको र बोर्ड बैठकले थप निर्णय हुने जानकारी दिए । छानबिनका लागि मन्त्रालयका सचिव डा हरि लम्सालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । अर्याललाई हटाइएपछि हाल उपसचिव डम्बरकुमार बतासलाई नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा