उनले जलवायु परिवर्तन, बढ्दो जनसंख्या र उल्का पिण्डको ठक्करबाट प्रद हुने परिस्थितिका कारण सय वर्षपछि पृथ्वीमा मानव जीवनका लागि ठूलो खतरा हुने चेतावनी दिएका हुन् ।
बीबीसीको डकुमेन्ट्री ‘एक्सपेडिसन न्यू अर्थ’ मा भौतिक शास्त्री हकिङ्ग र उनका विद्यार्थी क्रिस्टोफ गलफर्डले यस्तो चेतावनी दिएका हुन् । उनीहरु पृथ्वी बाहिर मानव जीवनको सम्भावनाका लागि समेत अन्य ग्रहकोबारे अनुसन्धान गरिरहेका छन् ।
सोही डकुमेन्ट्रीमा उनीहरुले भनेका छन्, ‘मानव जातिलाई बाँच्नु छ भने अन्य कुनै ग्रहमा जीवनको सम्भावना खोज्नु पर्दछ ।’
अघिल्लो महिना पनि भौतिक शास्त्री हकिङ्गले चेतावनी दिदैं भनेका थिए, ‘प्रविधिको विकाससँगै मानवको आक्रामकता बढी खतरनाक भइरहेको छ, यही प्रवृत्तिले परमाणु या जैविक युद्धका माध्यमबाट मानवको विनाश गर्न सक्छ ।’ एउटा वैश्विक सरकारले मात्र यसबाट मानिसलाई जोगाउन सक्ने उनको भनाइ थियो ।
स्मरणीय छ, ७५ वर्षीय हकिङ्ग मोटर न्यूरोन नामक रोगको शिकार भएका छन् । सोही रोगका कारण उनी बोल्न सक्दैनन् भने उनको शरीर पनि अशक्त छ । तर इन्टेलद्वारा निर्माण गरिएको विशेष मेसिनको सहायतामा उनले आफ्ना कुरा र आविष्कार विश्वसामू ल्याउने गरेका छन् । (एजेन्सी)
खिमलाल देवकोटा २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल
माघ ८, काठमाडौँ। उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति
पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि
व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं