काठमाडौं, २१ वैशाख । कुनैबेला गणतन्त्र नेपालको प्रथम कार्यकारी राष्ट्रपति बन्ने सपना बोकेका पुष्पकमल दाहाल प्रचण्डको सपना पुरानै संसदीय व्यवस्थामा सम्झौता गरेपछि पूरा हुन सकेन । जोडतोडले राष्ट्रपतिको रुपमा प्रचार गरिएका उनलाई पछि ‘भित्ते राष्ट्रपति’को संज्ञा दिन थालियो र यो शब्दलाई नेपाली राजनीतिमा मजाकको विषय बनाइयो ।
२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री प्रचण्ड र केही मन्त्रीका आफन्तलाई मेयर बनाउने चक्करमा नेपाली कांग्रेस र माओवादीका केही उम्मेदवारी ‘भित्ते मेयर’मा सिमित हुने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको छोरीको लागि नेपाली कांग्रेसको कृष्ण सिटौला निकटका नेता दिनेश कोइरालालाई बलीको बोको बनाएइको छ । यसको कांग्रेस नेता सिटौलाले विरोध गरेका छन् । अहिले भरतपुरमा देउवाले स्वेच्छाचारी निर्णय गरिएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु नै ‘देउवा मुर्दावाद’ भन्दै नारा लगाइरहेका मात्र छैन, सडकमै उत्रिएर टायर पोलिरहेका छन् ।
नेताहरुको स्वार्थ मिलेपछि सम्भव भयो तालमेल
दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौंको किर्तीपुरमा नराम्ररी पराजय व्यहोरेका प्रचण्ड केन्द्रीय निर्वाचनमा चितवनबाट उम्मेदवार बन्न चाहन्छन् । उनको लागि अहिले आफ्नी छोरी रेणु दाहाल मेयरमा जित्नु हार्नुसँग मात्रै अहिलेको चुनावी तालमेल जोडिएको छैन । निर्वाचनमा पराजयपछि डराएका उनी चितवनबाट विजयी हुन त्यहाँ पार्टीको प्रभाव बलियो बनाउन चाहन्छन् । यसको लागि काठमाडौं र पोखराजस्तो रणनीतिक महत्वको ठाउँ छाडेर उनी छोरी जिताउन जस्तोसुकै त्यागका लागि पनि तयार भएका हुन् ।
चितवनमा प्रचण्डले छोरीलाई मेयर बनाउन चाहेर वा उनको राजनीतिक भविष्यसँग जोडिँदैमा सहकार्य हुन सम्भव थिएन यदि काठमाडौंमा पनि कांग्रेसका कुनै शक्तिशाली नेताको स्वार्थसँग त्यसले मेल खाएन भने । तर, उद्योगमन्त्री नविन्द्रराज जोशीका दाइ राजुराज जोशीलाई जिताउनको लागि सिटौला समूहका कोइरालालाई बलिको बोको बनाउन कांग्रेस संस्थापनका नेताहरु तयार भए । यसको लागि मन्त्रि जोशीले लामै गृहकार्य गरेको स्रोत बताउँछ ।
प्रचण्डले भरतपुरमा छोरीलाई मेयर जिताउन काठमाडौंका स्थापित नेता सर्वोत्तम डंगोललाई बलीको बोको बनाएका छन् । चितवनका दिनेश कोइरालाजस्तै काठमाडौंका डंगोल पनि भित्ते मेयरमा सिमित भएका छन् ।
पोखरा लेखनाथ नगरपालिकाबाट मेयरको प्रत्याशी बनेका नेपाली कांग्रेसका नेता राम्जी कुँवर नाताले शहरी विकास मन्त्री अर्जुननरसिंह केसीको बहिनी ज्वाई हुन् । मन्त्री केसीका ज्वाईं र प्रचण्डकी छोरीलाई मेयर बनाउन राजनीतिक भविष्य बलि चढाउन बाध्य बनाइएको अर्का नेता हुन् पोखराका विश्वप्रकाश लामिछाने । उनी संकटकालदेखि नै माओवादीमा क्रियाशील बौद्धिक नेता हुन् । पोखरा नगर विकास समितिको जिम्मेवारी सम्हालिसकेका उनी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । तर नेताहरुको स्वार्थ मिलेपछि जनताका छोरा लामिछाने पनि दुई दिनको ‘भित्ते मेयर’ मै सिमिति भएका छन् ।
हिजो गिरिजाप्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई राजनीतिमा स्थापित गर्न लाग्दा उनी आलोचनाका पात्र भए । जस्तोसुकै जोखिम मोलेर पनि छोरीलाई आफ्नो उत्तराधिकारी बनाउने दाउमा रहेका कोइरालाले छोरी सुजातालाई उपप्रधानमन्त्रीसम्म बनाइछाडे तर प्रधानमन्त्री नै बनाउने उनको सपना भने पूरा हुन सकेन ।
मुलुकमा गणतन्त्र स्थापित भइसकेको छ । नयाँ राजनीतिक संस्कारको कुरा चर्कोसँग गर्ने नेताहरुले नै आफ्नो सन्तान र नातेदारको लागि जनताका छोराछोरीको राजनीतिक भविष्य बर्वाद बनाउने खेल भने रोकिएको छैन ।
जेठ १०,काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान
काठमाडौँ, ३० बैशाख । १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकिएको छ
२८ बैशाख ,काठमाडौँ। पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार
बैशाख २७, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड उनकै निवासबाट पक्राउ परेका
बैशाख २४, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको