देशभरका यी ५८ अस्पतालबाट पाइन्छ १० रोगमा निःशुल्क उपचार

457131700487903854Tritment.वैशाख २०, काठमाडौं– स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्न देशभरका ५८ वटा अस्पताललाई सूचीकृत गरेको छ। मन्त्रालयले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका अनुसार अस्पतालहरुको सूची तयार गरेको हो।

मन्त्रालयले १० वटा रोगको उपचारका लागि सूचीकृत गरेका अस्पतालहरुले प्रक्रिया पूरा गरेर आएका विपन्न नागरिकलाई निःशुल्क उपचार प्रदान गर्नुपर्ने हुन्छ। मन्त्रालयले क्यान्सर, मिर्गौला प्रत्यारोपण, मिर्गौला डाइलाइसिस, मुटुरोग, हेड इन्जुरी (टाउकोको चोटपटक), स्पाइनल चोटपटक, अल्जाइमर्स, पार्किन्सस, बाथ मुटुरोग र सिकलसेल एनिमिया रोग उपचारका लागि अस्पताल तोकेको हो।

तोकिएका अस्पतालमध्ये बाथ मुटुरोगको शल्यक्रियाका लागि बिरामीले सिधै अस्पतालमा पुगेर उपचार सेवा पाउन सक्छन् भने अन्य रोगहरुमा भने कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। निःशुल्क उपचार सेवा अन्तर्गत बाथ मुटुरोग, मिर्गौला प्रत्यारोपण र डाइलाइसिस सेवामा बिरामीले पूर्ण निःशुल्क पाउँछन् भने अन्य रोगमा भने एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउनेछन्। बिरामीले यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउनेछन्।

उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पुर्जी (प्रिस्किप्सन) लगेर गाउँपालिका वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिसपत्र लिनुपर्छ। सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ। उपचार आफ्नो घरपायक पर्ने अस्पताल रोजेर गर्न सकिनेछ।

Corrected table_1

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन