साझा पोष्ट डेस्क/काठमाडौं, ७ जेठ । भरतपुर महानगरपालिकामा कसले जित्ला भन्ने अहिले सबैतिर चासो छ । मतगणना चलिरहँदा एमाले उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालले पालैपालो अग्रता लिइरहेका छन् ।
पछिल्लो पटक एमाले अगाडी देखिएको छ । तर १० वटा वडाको गणना सकिँदासम्मको अवस्था हेर्दा एमाले उत्साहित बन्न सकेको छैन । उसले अहिलेसम्म कम्तिमा ३ हजारको अग्रता लिने आशा राखिरहको थियो । जुन केही सयमा मात्र खुम्चिएको छ । जसका कारण कांग्रेस र माओवादी केन्द्र उत्साहित भएका छन् ।
कस्तो छ अब गणना हुने मतको अवस्था ?
भरतपुरमा हालसम्म १ देखि १० र २९ वडाको मतगणना सकिएको छ । अहिले ११ वडाको भइरहेको छ । यो एमालेको पकड भएको वडा मानिन्छ । यसपछि गणना हुने २८ वडाबाट मिश्रीत परिणाम आउने अपेक्षा गरिएको छ । यद्यपी सो वडामा कंग्रेस र माओवादी केन्द्र मिलाउदा रेणु एमाले भन्दा अघि आउने अनुमान छ । त्यसपछि गणना हुने १२ नम्बर वडा पनि एमालेको पकड भएको क्षेत्र हो ।
नारायणगढ बजार क्षेत्रका कांग्रेसले माओवादी उम्मेद्वार रेणुलाई मतदान गर्न हात कमाए पनि अन्य क्षेत्रबाट भने उनलाई राम्रै मत आइरहेको छ । यसरी हेर्दा यी क्षेत्रबाट कंग्रेसको ६० प्रतिशत मात्र भोट आएपनि रेणुले गतिलो मत सहित अग्रता लिनेछिन्
यी तीनवटाको गणना हुँदासम्म एमालेले अग्रता लिने निश्चित छ । यसरी हेर्दा भोली सोमवारसम्म देवी ज्ञवालीको अग्रता कायम हुने सम्भावना छ । त्यसपछि शुरू हुने वडा भने सबै कंग्रेस र माओवादी केन्द्रको पकड क्षेत्र हुनेछन् । १३ कांग्रेसको पकड भएको वडा हो भने १४ र १५ मा माओवादी केन्द्र वलियो छ । विगतमा जनमोर्चा कालदेखि नै वामपन्थी पकड रहेको यी वडाको क्षेत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घर भएको क्षेत्र पनि हो । १६, १७, १८, १९ र २० तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले ठूलो मतान्तरले जितेको कंग्रेसको पकड भएको क्षेत्रमा पर्छन् ।
नारायणगढ बजार क्षेत्रका कांग्रेसले माओवादी उम्मेद्वार रेणुलाई मतदान गर्न हात कमाए पनि अन्य क्षेत्रबाट भने उनलाई राम्रै मत आइरहेको छ । यसरी हेर्दा यी क्षेत्रबाट कंग्रेसको ६० प्रतिशत मात्र भोट आएपनि रेणुले गतिलो मत सहित अग्रता लिनेछिन् । त्यसपछि २१ मा मिश्रीत मत आउने अनुमान छ । २२, २४, २५ र २६ वडा माओवादी केन्द्रले आफ्नो पकड भएका क्षेत्र दावी गर्दै आएको छ । यी वडामा कांग्रेसको पनि राम्रै मत छ । राप्रपाको पनि केहि मत रहेको यी वडाबाट रेणुले अग्रता अझ फराकिलो बनाउने अनुमान गर्न सकिन्छ । त्यसपछि एमालेलाई केही बढी मत जाने सम्भावना रहेका २३ र २९ वडा मात्र वाकी रहनेछन् । कविलास, दासढुंगा क्षेत्र पर्ने २९ नम्बरलाई एमालेले जित्ने वडाका रूपमा राखेको छ । एमालेलाई ति वडाबाट केहि बढी मत गएपनि रेणुको फराकिलो अग्रता तोड्न भने लगभग असम्भव हुनेछ ।
निष्कर्ष
माथिको मत आँकलनका आधारमा भोली सम्भवत सोमवार बेलुका वा मंगलवार बिहानबाट रेणुले अग्रता लिन शुरू गर्नेछिन् जुन अन्तिमसम्म फराकिलो बन्दै जानेछ । माओवादी केन्द्रलाइ एउटै डर कंग्रेसको पकड भएका क्षेत्रबाट निकै कम मत आउने हो कि भन्ने मात्रै हो । अहिलेसम्म करिब ६० प्रतिशत कांग्रेसका मतदाताले उनलाई भोट हालेका छन् । अब यो बढेर ७० प्रतिशतसम्म पुग्न सक्ने उसको अनुमान छ । यद्यपी कांग्रेसको ५० प्रतिशतमात्र मत पाएपनि रेणु बिजयी हुनेमा माओवादी केन्द्र विश्वस्त छ । पछिल्लो पटक भोट आएको हिसावले एमाले खासै उत्साहित छैन । कंग्रेस वाहुल्य क्षेत्रबाट प्राप्त हुने भोटमा उसको आसा अडिएको छ । राप्रपाको बलियो उपस्थिति रहेका केही क्षेत्रबाट पनि भोट आउने उसमा विश्वास छ । अहिलेसम्मको मतपरिणाम र गणना हुन बाँकी क्षेत्र हेर्दा रेणुले करिब ५ हजारको मार्जिनमा चुनाव जित्ने स्वतन्त्र विश्लेषकले अनुमान लगाउन थालेका छन् । यस्तो अनुमान गर्नेका आधार कमजोर छैनन् । त्यसैले भन्न सकिन्छ माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डपुत्री रेणु दाहाल अब केही दिनभित्र भरतपुर महानगरको मेयर बन्ने बाटो त्यति कठिन छैन ।
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित