१७ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई शीतल निवास बोलाएकी छिन् ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति भण्डारीवीच सोमबार बिहान ९ बजे भेट तय भएको शीतलनिवास स्रोतले जानकारी दियो ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएकी हुन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको तरंग राष्ट्रपति कार्यालयसम्म पुगेको छ ।
महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै गहृमन्त्री विमलेन्द्र निधीले राजीनामा दिएका छन् । सत्ता साझेदार राप्रपा नेपाल पनि सरकारबाट बाहिरिने हो कि भन्ने चिन्ता छ । यी सबै घटनाक्रमहरुका कारण बैशाख ३१ को चुनाव प्रभावित हुने हो कि भन्ने भय उत्पन्न भएको छ ।
पछिल्लो राजनीतिक तनावका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेको शीतलनिवास स्रोतले बतायो
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन