डिआइजी सिलवाललाई फसाउनेको पोल यसरि खुल्यो

Capture-141

काठमाडौं, १५ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख डीआईजी नवराज सिलवाललाई फसाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार र नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले तीनवटा नक्कली फाइल तयार पारेको खुलासा भएको छ ।

 अदालतले कासमू अध्ययन गरी पहिलो नम्बरमा डीआईजी सिलवाल र दोस्रो नम्बरमा प्रकाश अर्याललाई राखेको थियो । सरकारले अर्याललाई आईजी बनाएपछि पुनः अदालतको शरणमा पुगेका डीआईजी सिलवाललाई कारबाही गर्न सरकार र अर्याल एण्ड कम्पनीले योजनाबद्ध तरीकाबाट आपूmले गरेको किर्तेको आरोप पीडित बनेका डीआईजी सिलवालमाथि लगायो र कारबाहीको तयारी ग¥यो ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई प्रभावित पार्ने नियतले प्रचण्डको ठाडो आदेशमा गृहमन्त्री विमलेन्द्र निधिलाई सुइँको नै नदिई आईजीपी अर्यालले डीआईजी सिलवाललाई अपहरण शैलीमा पक्राउ गर्न आदेश दिए । गत सोमबार बिहान डीआईजी सिलवाललाई जब गुण्डागर्दी तरीकाबाट घरैदेखि लखेटी वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट नियन्त्रणमा लियो, तब थाहा भयो सिलवाल फसाउने सरकार र अर्याल एण्ड कम्पनीको रणनीति ।

९ वैशाखमा सर्वोच्च अदालतबाट सरकारको आईजी बढुवा निर्णय खारेज हुने सम्भावना बढेपछि सरकारले त्यसलाई प्रभावित पार्न र फैसला आफूअनुकूल ल्याउन गत सोमबार नै सिलवाललाई किर्ते मुद्दा लगाएर निलम्बन गर्ने तयारी गरेको थियो ।

तर, सिलवालका कानुन व्यवसायी तथा वरिष्ठ अधिवक्ता शम्भु थापासँगै प्रहरी प्रधान कार्यालय पुगेका कारण अर्याल एण्ड कम्पनी र सरकारको योजना तुहिएको थियो । स्रोतका अनुसार डीआईजी सिलवाललाई किर्ते मात्र नभए भारतको जासुुस गरी पाकिस्तानी दूतावासमा सूचना बेचेको, सिके राउतलाई सहयोग पु¥याएको जस्ता कथित आरोप लगाउँदै राज्यद्रोहको मुद्दामा फसाउने तयारी थियो ।

‘फाइल तयार थियो’, एक अधिकृतले भने, ‘कानुन व्यवसायी सँगै नभएको भए सिलवाल सा’पको आँखामा पट्टी बाँधेर सहीछाप लगाउन बाध्य बनाउँथे ।’

किन फसाउन खोजियो सिलवाललाई ?

आईजीका प्रमुख दाबेदार सिलवाललाई राजनीतिक दल, प्रहरी संगठन र करोडौं जनताले २० वर्षअगाडिदेखि नै भावी आईजीपीको रुपमा हेर्दै आएका थिए । १० वर्षअगाडि महानगरीय प्रहरी परिसर काठमाडौंमा आफ्नो खुबी देखाउन सफल सिलवाल प्रहरी संगठनका लागि ‘रोलमोडल’ नै बने र प्रहरीलाई सेलिब्रेटी बन्न सिकाए ।

त्यहाँबाट उनी प्रहरी संगठनमा उदाहरणको पात्र बन्दै गए र आफू स्वयम्लाई आईजीपीको प्रबल दाबेदारको निमित्त खडा गरे ।

बढुवामा एक÷एक नम्बर हुँदै डीआईजी बढुवामा समेत अग्रणी रहे उनी । तर, सरकारले उनलाई आईजीपीमा बढुवा नगरी तीन नम्बरमा रहेका (हालको कासमूमा चार नम्बरमा रहेका) डीआईजी जयबहादुर चन्दलाई बढुवा ग¥यो ।

चन्दलाई बढुवा गरेसँगै सुरु भएको थियो सरकार र सिलवालको लडाइँ । उक्त लडाइँ लगभग सिलवालले जित्ने निश्चित भएपछि सरकार, अर्याल एण्ड कम्पनीले डीआईजी सिलवाललाई फसाउने अनेक हत्कण्डा रच्न थाल्यो ।

त्यसैको पछिल्लो उदाहरण हो कासमू फाइल र अपहरणकारीलाई झैं विना पक्राउपूर्जी पक्राउ गर्नु ।

सरकार, सरकारका केही दलाल र अर्याल एण्ड कम्पनीले पदमा हुँदा आफूले गरेको अपराधको पर्दाफास सिलवाल आईजी भएपछि खुल्ने डरले उनलाई जुनसुकै अवस्थामा पनि सिध्याउन लागिपरेका हुन् । अर्याल एण्ड कम्पनीमा रहेका पूर्वआईजी उपेन्द्रकान्त अर्याल, जयबहादुर चन्द, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले चन्द लागूऔषध ब्युरोमा हुँदा संघाई गु्रपको स्यूडो अप्रेशनमा करोडौं रुपैयाँ खाएको आरोप जगजाहेर छ ।

स्यूडो अप्रेशनमा मुद्दा फितलो बनाई यो समूहले ६० करोड कुम्ल्याएको थियो । जुन रुपैयाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबालाई बुझाएर चन्द तीन घण्टे आईजी बन्न सफल भएका थिए ।

यो समूहलाई यसकै डर छ र सिलवाल आईजी भए यो अप्रेशनमाथि पनि छानबिन हुन सक्छ । यो मात्र होइन आफ्नो छोरा बचाउन पूर्वआईजी उपेन्द्रकान्त अर्याल आफू निकट आईजी बनाए उक्त मुद्दा भवितव्यमा झार्न खोज्दै छन् ।

उता दुई महिनाअगाडि सीआईबीले समातेको ३३ किलो सुनमा समेत केही नेता र प्रहरीका वरिष्ठ अधिकारीको मिलेमतो भएको खुल्दै आएको छ । एसएसपी श्याम खत्री पक्राउ परेझैं उनीहरुलाई पनि सिलवाल आईजी भएको खण्डमा हतकडी लगाउने पक्कापक्की भएपछि यो समूह सिलवालको विरुद्धमा हात धोएर लागेको हो ।
सिलवालले फाइल किर्ते गर्न सक्छन् ?
सरकार र प्रहरीका बहालवाला आईजीसँग लडाइँ लडिरहेका डीआईजी सिलवालले कासमू फाइल हेरफेर गरेको आरोप यतिखेर सरकार पक्ष र प्रहरीप्रधान कार्यालयको छ । कासमू हेरफेर गरेको आरोप लगाउँदै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई समेत प्रभावित पार्ने काम यतिखेर सरकार र आईजी अर्याल समूहले गरेको छ ।

डीआईजी सिलवालले कासमू किर्ते गरेर अदालतमा बुझाएको भए अदालत स्वयम्ले सिलवाललाई दोषी ठहर गर्दै सजाय गथ्र्यो । तर, अदालतले उक्त मुद्दाको पेशी १९ गतेलाई तोकेको अवस्थामा फैसला गर्नुअघि नै छानबिन समिति गठन गर्दै सिलवाललाई कारबाहीको तयारी गरेपछि सरकारको नियतमा प्रश्न उठेको छ ।

यतिसम्म कि छानबिन समितिमा सिलवालभन्दा जुनियर डीआईजी विजय भट्टलाई राखिएको छ, जुन नियमलाई हेर्दा अवैधानिक हो । ‘तीन निकायमा सुरक्षित रहने कासमू फाइल कसरी सिलवालले परिवर्तन गर्न सक्छन् ?’ सरकारको आरोप नै हास्यापद भएको गृह मन्त्रालयका एक अधिकृत बताउँछन् ।

प्रहरी प्रधान कार्यालयमा, लोक सेवा आयोग र गृह मन्त्रालयका अधिकृतले समेत हेर्न नमिल्ने भनिएको उक्त फाइल सिलवालले कसरी हेरफेर नै गर्न सक्छन् ?

के सरकारभन्दा पहुँचवाला सिलवाल हुन् त ? उक्त फाइल सिलवाल वा सरकारमध्ये कसलाई हेरफेर गर्न सहज हुन्छ ? त्यो सबैले बुझ्ने कुरा हो । उता, प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत उक्त कासमू सरकारले नै हेरफेर गरी सिलवाललाई फसाउने प्रपञ्च रचेको आरोप लगाएका छन् । संसद्मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्, जुन विषयमा सरकारले अझै जवाफ दिन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने