Nakkali-Note

१२ वैशाख, काठमाडौं । बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ । गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट संकलन भइसकेका छन् । त्यसमा रु. ५ सय र १ हजारका नोट छन् । आखिर सक्कली र नक्कली नोट कसरी चिन्ने ?

सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।

नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुँरासको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन ।

देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायाँतर्फ रहेको सेतो भागको बायाँतर्फको रंगीन आधा अक्षर (अंग्रेजीमा लेखिएको एनआरबी) लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।

सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवज कम हुन्छ । आजको आर्थिक अभियान दैनिकमा यससम्बन्धी खबर विस्तृतमा छापिएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा