
बलिउड- बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जसका बानीबारे सुन्नु भयो भने अचम्ममा पर्नुहुनेछ । आउनुहोस् हेरौ कसको कस्तो अचम्म लाग्दा बानीहरु छन् ।
कुनाल कपुर
यी अभिनेता कहिल्यै पुरा खाना खाने गर्दैनन् । धर्ममा बढी विश्वास गर्ने भएका कारण अलिकति खाना प्लेटमा छोड्ने गर्छन् ।
डायना हेडन
पुर्व मिस वल्र्ड । यी सेलिब्रिटी जब नुनको प्रयोग गर्छिन् नुनको बट्टा सधै लेफ्ट साइडमा फाल्ने गर्छिन् ।
रानी मुखर्जी
चुरोटको नराम्रो लत बसेको यी अभिनेत्रीलाई बिहान उठ्ने बित्तिकै चुरोट तानिहाल्छिन् । बच्चाका लागि एक वर्ष चुरोट सेवन गर्न छोडेकी बताउने यी अभिनेत्रीलाई बिहान उठ्ने बित्तिकै चुरोट सेवन गर्नैपर्छ ।
सन्नी लियोन
डेव्यु गरेको फिल्म जिसम २ को सेटमा सन्नी लियोनले सबैलाई आश्चर्य चकित पारिन् । सन्नी लियोनलाई बारम्बार खुट्टा धुने बानी रहेको छ । यही कारणले गर्दा उनले जिसम २ को सुटिङका क्रममा प्रत्येक १५ मिनेटमा गोडा धुन बाथरुप जाने गर्थिन् । सुटिङ ढिला भएपनि उनीले त्यो कुराको वास्था नै गर्थिनन् ।
सारुख खान
सारुख खानको एउटा नराम्रो बानी रहेको छ । उनी चेन स्मोकर हुन् । उनी प्रत्येक दिन २ देखि ३ बट्टा चुरोट पिउने गर्छन् । उनले बारम्बार यो लत छोड्ने प्रयास गरेतापनि छोड्न नसकेको बताउँदै आइरहेका छन् । घरमा उनी बाथरुममा लुकेर चुरोट पिउने गरेको एक कार्यक्रममा बताएका थिए ।
अमिताभ बच्चन
अमिताभ बच्चन विदेश जार्दै छन् भने दुईवटा घडी हातमा लगाउने गर्छन् । उनको साथमा मोबाइबल पनि तीन चारवटा हुने गरेको बताउृँछन् । विदेशको समय हेर्न र भारतको समय अनुसार आफ्नो काम गर्न उनी यसो गरेको बताउँदै आएका छन् ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा