
काठमाडौं ८ बैसाख – संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए।
बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए । उद्धारका लागि उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेको छ । अहिले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटनास्थल सदरमुकाम खादबारीबाट २ दिनको पैदलमा पर्छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार त्यसँ क्षेत्रमा नेपाली सेना पनि खटिइकेको छ । केही बेर पछि सेनाको हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गर्ने र थप सुरक्षाकर्मी उद्धारका लागि सदरमुकाम खाँदबारीबाट लैजाने उनले बताए । अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन