के निर्वाचनको ‘रङ’नम्बर डायल भएकै हो त ? एमालेको डरदेखि सत्तारूढको सत्ता स्वार्थसम्म

निर्वाचनको माहोलमा किन बढ्यो अन्यौलता ? मोर्चालाई देखाएर चुनाव सार्ने दाउ ?bishnu(4)

मुलुकमा निर्वाचनको माहोल बढिरहेको छ । निर्वाचनको मिति आउन अब मात्र २६ दिन मात्र बाँकी छ । तर चुनावी सरगर्मी बढिरहेका बेला चुनाव सर्ने हो कि भन्ने आशंका तिब्र रूपमा बढिरहेको छ । सरकारले बाहिर कुनै हालतमा निर्वाचन नरोक्ने दाबी गरिरहँदा सरकारको कार्यशैली र जिम्मेवार मन्त्रीहरूबाटै आउने अभिव्यक्ति हेर्दा सरकार समेत निर्वाचनमा जिम्मेवार भएको देखिँदैन । 

अर्कातिर कांग्रेस, एमाले लगायतका दलहरू समेत निर्वाचनको जोड घटाउ र गठबन्धनबाट एकले अर्कालाई सिध्याउने दाउ खेल्दा निर्वाचनबारे आशंका उत्पन्न भएको छ । उता आफ्ना असन्तुष्टि सम्बोधन नभएको भन्दै निरन्तर विरोधमा रहेको मधेसी मोर्चाले समेत निर्वाचन विथोल्ने गरी आम हड्ताल लगायतका कार्यक्रम सार्बजनिक गरिसकेको छ । अर्कातिर सत्तारूढ दलमा पनि निर्वाचन एक चरणमा गर्ने कि दुई चरणमा भन्ने कुरामा अझै दोधार देखिएको छ । यसले गर्दा मुखैमा आएको निर्वाचनको माहोलमा कालो बादल मडारिएको छ । 

माओवादी केन्द्रको दाउ 

यतिबेला सत्ताको बागडोर माओवादीले सम्हालिरहेको छ । सत्ता समिकरण अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी बैशाख ३१ गते निर्वाचन सम्पन्न गरी कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने पूर्व भद्र सहमतीको बाध्यता छ  । एकातिर निर्वाचन सम्पन्न गराउने चुनौती, अर्कातिर सत्ता हस्तान्तरणको मिति आउनु । निर्वाचनका लागि मधेसी मोर्चा लगायतको अवरोध जस्ता कुराले प्रचण्ड सरकारलाई तातो भात निल्नु न ओकल्नुजस्तो बनेको छ । सबैलाई मनाएर दुई चरणमा निर्वाचन गर्ने मनस्थितीमा छन् प्रचण्ड । तर यसमा कांग्रेस लगायतका दल सहमत छैनन् । एकातिर विभिन्न दलको अवरोधका कारण निर्वाचन गर्न मुस्किल, अर्कातिर दूई चरणमा निर्वाचन गर्न पनि सहमति नजुट्दा अन्यौलता बढेको छ । यहि दाउमा कही दिन सत्ता बढि चलाएर बजेट आफ्नो नेतृत्वमा ल्याएर सत्ता हस्तान्तरण गर्ने मनसायमा छन् प्रचण्ड । केही गरी दूई चरणमा निर्वाचन गराउन सहमति गराउन सके केहीदिन सत्ता पनि लम्बिने, बजेट आफुले ल्याउने वातावरण पनि बन्ने र दुई चरणमा निर्वाचन गर्दा केही सहज हुने माओवादीको बुझाइ छ । 

एनि हाउ, जेठ पहिलो साता आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसको दाउ

एमाले सरकारलाई ढलाएर सत्ता समिकरण बनाएका माओवादी केन्द्र र कांग्रसका बिचमा नौ नौ महिना सरकार चलाउने सहमति भयो । सोही सहमति अनुसार प्रचण्डले चैत्र मसान्त भित्रै स्थानीय निकायको निर्वाचन गराई कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने थियो । तर यो बिचमा स्थानीय निकायको निर्वाचन हुन सकेन । सरकारले बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेको छ । कांग्रेसले बैशाख ३१ गते नै निर्वाचन सकेर जेठ पहिलो सातामै सत्ता हस्तान्तरण गर्न प्रचण्डलाई दबाब दिइरहेको छ । सत्तामा जान खुट्टा उचालेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवा कुनै हालतमा जेठ पहिलो साता भन्दा धेरै प्रचण्ड सरकार लम्ब्याउने पक्षमा देखिँदैनन् । उनले बैशाख ३१ मै एकैचरणमा निर्वाचन गर्नुपर्ने, निर्वाचन नभएपनि पूर्वसहमति अनुसार जेठ पहिलो साता सत्ता हस्तान्तरण गर्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिइरहेका छन् । पार्टीभित्रै निर्वाचनको मिति सार्नुपर्ने माग उठिरहे पनि उनले त्यति वास्ता गरेका छैनन् । देउवाले अहिलेको अवस्थामा निर्वाचन भन्दा पनि सत्तालाई प्रमुख दाउ बनाउँदा प्रचण्ड सरकार झनै अफ्ठ्यारोमा परेको छ र निर्वाचनको माहोल बन्न सकेको छैन ।   

गठबन्धनको डरले एमाले शशंकित, बाहिर निर्वाचनमा जाने हतारो, भित्रभित्रै सत्ता पल्टाउने दाउ

अहिलेको अवस्थामा बाहिरबाट हेर्दा निर्वाचनमा जान सबैभन्दा बढि हतारो कसैलाई छ भने एमालेलाई नै छ । पछिल्लो समय राष्ट्रवादी चरित्र देखाएको एमालेले त्यहि नाराले निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्ने दाउ खेलिरहेको छ । तर एमालेको भित्री रहस्य भने अर्कै छ । तराईका जिल्लामा एमाले भावना विरोधी बढ्नु, कांग्रेस र एमालेले गठबन्धन बनाएर निर्वाचनमा जाने तयारी गर्नु, सुरक्षा निकायको रिपोर्टमा एमालेले सोँचेजस्तो जनमत नरहेको जस्ता कुरा सार्बजनिक हुनुले पछिल्ला दिनमा एमाले शशंकित देखिन्छ । अर्को कुरा पार्टी भित्रै फेरी गुट, उपगुट सल्बलाउनु, कमिटिहरूमा विवाद आउनु जस्ता कुराले एमाले पनि एक स्टेप ब्याक भएको देखिन्छ । अर्कोकुरा कांग्रेस र माओवादीको सत्ता हस्तान्तरणको समयमा चलखेल गरेर कांग्रेसलाई रोकि आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा पनि एमाले लागेको देखिन्छ । कसैगरी माओवादी र कांग्रेसका बिचमा फाटो ल्याउन सके आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था आउने भन्दै एमालेको चाल त्यता पनि केन्द्रित छ ।  प्रतिपक्षको हैसियतले निर्वाचनका लागि सत्तारूढ दललाई दबाब तिब्र बनाउनुपर्ने बेलामा एमाले पनि शशंकित हुनुले निर्वाचनको अन्यौलतालाई झनै बढाएको छ । 

मधेसी मोर्चा :  ओलिनो पनि खान्न, ढिको पनि फोर्दिन 

नेपालको पश्चिमी भेगमा एउटा उखान छ “ओलिनो पनि खाँदिन, ढिको पनि फोर्दिन” । नुन नहालेको तरकारी पनि नखाने, नुन ल्याउन जा भन्दा पनि नगएर अड्को थापेर बस्ने । यस्तै हविगत देखाएको छ मधसी मोर्चाले । संशोधन प्रस्ताव पेश गर्न दुई तिहाइ नपुगेको अवस्थामा सरकारले विकल्प दिँदा पनि अड्डी कसेर बसेको छ । जनतामा आफ्ना मुद्धा लिएर गएर जनमत आफुतिर पारी सरकारलाई दबाब दिने आँट पनि गर्न नसक्ने, निर्वाचन हुन पनि नदिने गरी मुलुकलाई बन्दी बनाइरहेको छ मधेसी मोर्चाले । न जनाधार तयार पार्न सक्ने, नत जनाधार भएका पार्टीले गरेका निर्णय मान्ने । मेरै गोरूको बाह«ै टक्का गरेर निर्वाचन विथोल्ने अभियान सुरू गर्दा निर्वाचन अन्यौलता बढेको हो । सरकारले दोस्रो पटक संशोधन दर्ता गर्दा पनि चित्त नबुझाएको मधेसी मोर्चाले सम्झौता गरेरै भएपनिसमस्या समाधान गर्ने बाटोमा भन्दा समस्या बल्झाउने बाटोमा उद्धत देखिन्छ । मोर्चाले निर्वाचनमा गएर मुलुकलाई निकास दिनुको साटो जसरी पनि निर्वाचन भाँडेर मुलुकमा अस्थिरता निम्त्याउने काम गरेको छ । 

सबै दलहरूले आआफ्नै स्वार्थ अनुसार काम गर्दा २० वर्ष पछि आउन लागेको निर्वाचन अन्यौलतामा धकेलिएको छ । माघ मसान्तभित्र तीन तहको निर्वाचन जसरीपनि गर्नुपर्ने अवस्थामा अहिले निर्वाचनको वातावरण धमिलनु शुभ संकेत पक्कै होइन । भोलिका दिनमा आउने संवैधानिक र अन्य राजनीतिक जटिलता चिर्न पनि निर्वाचनको विकल्प छैन । आफ्ना असन्तुष्टि जनतामा लगेर जनाधार तयार गरी दबाब दिने अवसर निर्वाचनले दिने भएकाले सबैजना एकजुट भएर निर्वाचनमा लाग्नु आजको टट्कारो आवश्यकता हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत