पर्सा, चैत ३१ – अज्ञात व्यक्तिले चलाएको गोली लागेर गम्भीर घाइते भएकी निलु पटेलको बुधबार राति उपचारको क्रममा ज्यान गएको छ ।
घरमा सुतिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागि गम्भीर घाइते भएकी वीरगन्ज उप–महानगरपालिका वडा नं– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षकी श्रीमती निलुको बुधबार राति वीरगन्जको नेसनल मेडिकल शिक्षण अस्पतालमा उचारको क्रममा ज्यान गएको हो ।
घाइते निलुकोे देब्रे कन्चटमा रहेको गोली मङ्गलबार शिक्षण अस्पतालमै शल्यक्रिया गरी निकालिए पनि स्वास्थ्यमा कुनै सुधार नआएकाले राति सबा नौ बजे उनको उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब निरीक्षक चक्रराज जोशीले बताउनुभयो ।
यही चैत २९ गते मङ्गलबार श्रीमान्सँगै कोठामा सुतिरहेका बेला बिहान २ बजेतिर अज्ञात व्यक्तिले चलाएको गोली लागि निलु गम्भीर घाइते भएकी थिइन् । घटनाबारे अनुसन्धानका लागि निलुका श्रीमान् वीरेन्द्रलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
निलु हत्या कान्डमा परिवारकै सदस्यको हात भएको अनुसन्धानबाट देखिएकाले सोधपुछका लागि उनका श्रीमान्लाई जिल्ला पहरी कार्यालमा राखिएको प्रवक्ता जोशीले बताउनुभयो । रासस
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने