काठमाडौं, चैत ३० – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्ताव अस्वीकार गरेको छ । तमलोपाको पार्टी कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले संविधान संशोनको नयाँ प्रस्तावले आफूहरुसँग सरकारले गरेको ११ बुँदे र २६ बुँदे माग सम्बोधन नगर्ने भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो ।
सरकार र मोर्चाका घटकबीच यसअघि भएका विभिन्न सम्झौता नयाँ संविधान संशोधनको प्रस्तावले सम्बोधन नगर्ने र आफूहरुसँग सल्लाह नै नगरी सरकार जालझेल गर्ने तरिकाले अघि बढेकाले यो प्रस्ताव मान्य नहुने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।
मोर्चाले माग पूरा नभएकाले चुनाव बहिस्कार गर्ने अडान कायमै राखेको छ । मोर्चाले शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै बिहीबार मधेसका सबै जिल्ला सदरमुकाममा जुलुस गर्ने भएको छ ।
यस्तै, वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने र आन्दोलनका अरु कार्यक्रमपछि तय गर्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णले जानकारी दिनुभयो ।
सरकारले मधेसी मोर्चा र एमाले दुवैलाई मान्य हुने भन्दै संशोधनको पुरानो विधेयक फिर्ता लिएर मंगलबार नयाँ विधेयक दर्ता गरेको थियो । तर मोर्चा र एमाले दुवैले यो प्रस्तावका बारेमा सरकारले आफूहरुसँग कुनै छलफल नै नगरेको बताउँदै आएका छन् ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न