मोर्चाद्धारा आन्दोलनको घोषणा, स्थानीय चुनाब अनिश्चित

 Capture-275

काठमाडौं, चैत ३० – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्ताव अस्वीकार गरेको छ । तमलोपाको पार्टी कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले संविधान संशोनको नयाँ प्रस्तावले आफूहरुसँग सरकारले गरेको ११ बुँदे र २६ बुँदे माग सम्बोधन नगर्ने भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो । 

सरकार र मोर्चाका घटकबीच यसअघि भएका विभिन्न सम्झौता नयाँ संविधान संशोधनको प्रस्तावले सम्बोधन नगर्ने र आफूहरुसँग सल्लाह नै नगरी सरकार जालझेल गर्ने तरिकाले अघि बढेकाले यो प्रस्ताव मान्य नहुने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । 

मोर्चाले माग पूरा नभएकाले चुनाव बहिस्कार गर्ने अडान कायमै राखेको छ । मोर्चाले शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै बिहीबार मधेसका सबै जिल्ला सदरमुकाममा जुलुस गर्ने भएको छ । 

यस्तै, वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने र आन्दोलनका अरु कार्यक्रमपछि तय गर्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णले जानकारी दिनुभयो । 

सरकारले मधेसी मोर्चा र एमाले दुवैलाई मान्य हुने भन्दै संशोधनको पुरानो विधेयक फिर्ता लिएर मंगलबार नयाँ विधेयक दर्ता गरेको थियो । तर मोर्चा र एमाले दुवैले यो प्रस्तावका बारेमा सरकारले आफूहरुसँग कुनै छलफल नै नगरेको बताउँदै आएका छन् ।

संविधान संशोधनको नयाँ प्रस्ताव मोर्चाले गर्‍यो अस्वीकार, आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन