काठमाडौं, चैत ३० । मुलुकमा लोडसेडिङ घटेपनि इन्धन आयात भने बढेको छ । आयल निगमको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पहिलो ९ महिनामा १५ लाख ७७ हजार किलोलिटररटन इन्धन आयात भएको छ ।
‘लोडसेडिङ नहुदा आयात घट्नु पर्ने हो,’ निगमका बिक्री वितरण विभाग प्रमुख तथा प्रवक्ता सिताराम पोखरेलले भने, ‘तर, इन्धनको आयात परिमाण एकदमै उच्च छ ।’ इन्धनका लागि अप्रिलमा मात्रै १५ अर्ब रुपैया बाहिरिएको छ । ‘हाल सम्मकै यो बढी मुल्य हो,’ उनले भने ।
निगमले भारतीय आयल निगम (आइओसी) लाई जनवरीमा ११ अर्ब, फेब्रुअरीमा १० अर्ब र मार्चमा ९ अर्ब रुपैया बुझाएको थियो । जानकारहरुका अनुसार लोडसेडिङ अन्त हुदा मुख्यतः खाना पकाउने एलपी ग्यासको आयात घट्नुपर्ने हो । तर, घटेको छैन । प्रवक्ता पोखरेलका अनुसार साउनमा २२ हजार ५ सय ८० टन आयात भएको ग्यास चैतमा २७ हजार टन पुग्यो । तथ्याङक अनुसार भदौमा २२ हजार ७ सय १३, असोजमा २० हजार ५ सय ३४, कात्तिकमा २५ हजार १ सय ५५, मसिरमा २६ हजार ७ सय ८२, पुषमा २८ हजार टन आयात भएको थियो । माघमा २७ हजार, फागुनमा २६ हजार र चैतमा २७ हजार टन आयात भएको पोखरेलले बताए ।
ग्यासको मागमा देखिएको वृद्धिमा व्यवसायीहरु पनि अचम्भित छन् ।
उनीहरुका अनुसार जाडो मौसममा ग्यासको माग सामन्यतया १५ प्रतिशतले बढ्छ । तर, त्यसबेला नबढेको ग्यास हाल आयात ह्वातै बढेको एलपी ग्यास उद्योग संघले जनाएको छ ।
ग्यास बाहेक पेट्रोल, डिजेल, हवाई इन्धनको आयात पनि ह्वातै बढेको छ ।
निगमको तथ्याङ्क अनुसार ९ महिनाको अवधीमा करिब ३ लाख किलोलिटर पेट्रोल आयात भएको छ । ९ लाख २३ हजार किलोलिटर डिजेल आयात भएको छ । हवाई इन्धन १ लाख २० र १३ हजार किलोलिटर मट्टितेल आयात भएको निगमको तथ्याङ्कमा छ । –कान्तिपुर दैनिकबाट
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा
१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब
१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका