यस्ता फाईदा देखेपछि कहिल्यै छोड्नुहुनेछैन अण्डा खान

यस्ता_फाईदा_देखेपछि_कहिल्यै_छोड्नुहुनेछैन_अण्डा_खान_2612

अण्डाले दिमागलाई तेजिलो बनाउने देखी आँखाको ज्योति बढाउने सम्मका कामहरु गर्छ। हामीले अण्डा खाएमा हुने केही फाईदाहरु तल उल्लेख गरेका छौँ।

१. अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन्। यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ।

२. शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० ग्राम क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ। भोक लागेको बेला अण्डा खाएमा शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन।

३. अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले त्यसले शरीरलाई ऊर्जावान राख्न सहयोग गर्छ। ब्रेकफास्टमा अण्डा खाएमा दिनभरि काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ।

४. अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छने भएकाले हड्डीलाई बलियो बनाउन सहयोग गर्छन्।
५. बिहान उठेपछि अल्छी महसुस भएमा अण्डा खाने गनुपर्छ। यसले ‘इनर्जी बुस्टर’ अर्थात शक्ति बढाउने काम गर्छ र जाँगरिलो बनाउँछ।

६. अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन सहयोग पु-याउँछ। खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेजका विषयमा छलफल

२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै

प्रहरीको लाठीचार्जविरुद्ध नेपाल चिकित्सक संघले भोलि देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द

नेपाल सरकारको निर्देशन : माग १ गते नेपालभरका विद्यालयमा योग दिवस मनाउ

 बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय

योगा गर्नै पर्ने १६ कारणहरु

  -प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,

नियमित योगाभ्यासका फाइदाहरु र योगाभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरु

२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने

योगको अभ्यास गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण नियमहरु

योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी