कसले हान्यो दावालाई गोली ?

Dawa-Lama-768x477३० चैत, काठमाडौं । गौरीघाटस्थित बागमती नदी किनारामा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुन्डा’ दावा लामा मंगलबार घाइते भए । घटनाबारे प्रहरीले फेला पारेको ‘क्लोज सर्किट’ टेलिभिजन दृश्यमा हाफ पाइन्ट र चप्पलमा रहेका दावा ब्याग बोकेर दक्षिणतिरको बाटो हुँदै पार्टी प्यालेसमा प्रवेश गरेको देखिन्छ ।

उनले बाटो क्रस गरेलगत्तै दक्षिणतिरबाटै सेतो मास्क लगाएका झोला बोकेका अर्का व्यक्ति उनको पछाडि देखिन्छन् । दावा ढोका नजिक पुगेपछि उनी हतारहतार नजिक आउँछन् र दावा गेटभित्र प्रवेश गरेलगत्तै पेस्तोल निकालेर फायर गर्छन् । सुटरले लगातार दुई राउन्ड गोली हानेपछि दावा पार्टी प्यालेसको कम्पाउन्डमा ढल्छन् र सुटर पश्चिमतिर भाग्छन् ।

लामो समय दावाको दैनिकी निगरानी गरेर गोली हान्ने योजना बनेको प्रहरीले अनुमान गरेको छ ।

पहिलो गोली शरीरको माथिल्लो भागमा हान्दा छलेर दावा भाग्न सक्ने भन्दै सुटरले गोडामा गोली हानेर शरीरका अन्य भागमा हानेको देखिन्छ । प्रहरीले गोली कसले हान्यो भनेर अहिलेसम्म पत्ता लगाउन सकेको छैन । तर, गोली हान्नेबित्तिकै ‘म हङकङबाट लोप्साई राई बोलेको, दावा लामालाई मैले गोली हान्न लगाएको हुँ’ भनेर महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीलाई फोनबाट सुटरले जानकारी दिएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन – यस्तो छ पुनर्गठित मन्त्रीपरिषद्

१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता

१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा

आठ महिनामा इन्डोनेसियासँग मात्र ३० अर्बभन्दा माथिको व्यापार घाटा

१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब

इटहरीमा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड,आन्दोलन हिंसात्मक बन्दै

१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका