आईजिपी अर्यालको जीवनमा अचम्मको संयोग, जागिर खाएकै दिन आईजिपी !

Prakash_aryal-IG

काठमाडौं, २९ चैत । सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेको छ । लामो समयपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्यक्षमताका आधारमा अर्याललाई आईजीपी नियुक्त गरेको हो ।

नवनियुक्त आईजीपी अर्याललाई सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । ५६ दिनदेखि निमित्तको भरमा चल्दै आएको नेपाल प्रहरीको कमान्ड सोमबार रातिदेखि नै उनले लिएका छन् ।

सरकारले १ फागुनमा तेस्रो वरीयताका डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै पहिलो वरीयताका डीआईजी नवराज सिलवालले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । सर्वाेच्चले चन्दलाई तत्काल आईजीपी नबनाउन भनेपछि सरकारले ३ फागुनमा प्राविधिक अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेललाई निमित्त आईजीपी नियुक्त गरेको थियो । सर्वाेच्च अदालतले ८ चैतमा आईजीपीमा चन्दको नियुक्ति खारेज गरेको थियो ।

नवनियुक्त आईजीपी अर्यालले अब ठ्याक्कै एक वर्ष नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । दाङको त्रिभुवन नगरपालिका–११ मा १४ असार २०२० मा जन्मिएका नवनियुक्त आईजीपी अर्यालले २९ चैत २०७४ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । उनी २९ चैत २०४४ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । ३० बर्से सेवा अवधिका कारण उनी आगामी चैतसम्म प्रहरी महानिरीक्षक रहने छन् ।

प्रहरीमा कडा स्वभावका अधिकृतका रूपमा गनिने अर्यालले दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर र कास्कीमा प्रहरी प्रमुख भएर काम गरेका थिए । उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख पनि भए ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका अर्याल तालिम लिने प्रहरी अधिकृतहरूमध्ये पहिलो नम्बरमा पर्छन् । उनले अमेरिकामा एफबिआई तालिमका साथै सिनियर प्रहरी कमान्डो, विशेष व्यक्तिको सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान, अपराध व्यवस्थापन, प्रति आतंकवाद कमान्डो तालिम लिएका छन् । साथै उनले विपत व्यवस्थापन, प्रशिक्षक, प्रशिक्षण, जघन्य अपराधसम्बन्धी तालिम पनि लिएका छन् । अर्यालले सिनियर म्यानेजमेन्ट र आतंकवाद अपराध अनुसन्धान र घटनास्थलसम्बन्धी तालिम पनि लिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा अर्यालले मिटर चलाउन नमान्ने, मनपरी भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान नै चलाएका थिए । यसैगरी, सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन चलाएका थिए । त्यसबेला उनले आर्थिक अपराध अनुसन्धानलाई प्राथमिकता दिएका थिए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको