April 10, 2017

तान्त्रिक महत्वको बिस्केट जात्रा आजदेखि

create_thumb (1)भक्तपुर, चैत २८ – नयाँ वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा सोमबार सुरु हुँदैछ । जात्रामा झण्डै २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

जात्राका लागि आवश्यक पर्ने भैरव, भद्रकालीको रथ निर्माणदेखि डोरी किन्नेसम्मको काम सकिएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जात्रा अवधिभर प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो । जात्रामा सुरक्षा दिन एक हजार १ सय प्रहरी खटिनेछन् । प्रहरी परिसर भक्तपुरकी प्रमुख किरण राणाले जात्रामा ढुङ्गा हान्ने, हुलदङ्गा गर्ने जो कोहीलाई तत्कालै प्रहरीले पक्राउ गरी कडा कारबाही गरिने बताउनुभयो ।

उहाँका अनुसार यस्ता गतिविधिको निगरानीका लागि २४ वटा सिसी क्यामरा जडान गरेको छ भने  सडक बत्तीको व्यवस्था पनि गरिएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । 

बिस्केट जात्राको पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुने परम्परा छ । जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तान्ने परम्परा छ ।  चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते बेलुकी लिङ्गो ढाल्ने गरिन्छ भने १ गते नै  भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ ।

जात्राको अन्तिम दिन ५ गते प्रसिद्ध पाँचतले मन्दिरमा रहेको तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शुभारम्भ भएको चार वर्षमै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकहरुको संख्या ४ लाख नाघ्यो

९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन