पार्टी संचालन गर्न र अरु भन्दा फरक बन्न नयाँ शक्तिको नयाँ आर्थिक योजना

२३ चैत, काठमाडौं । चुनावको मुखमा डा. बाबुराम भट्टराई नेतृत्वमा नयाा शक्ति पार्टी आर्थिक संकटमा परेको छ । पार्टी गठनको घोषणा भएको झण्डै ९ महिनामै पार्टीलाई ११ लाख बढी ऋण लागिसकेको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय परिषद् बैठकमा पेश भएको आय-व्यय विवरण अनुसार पार्टीमा झण्डै १३ लाख ऋण छ । बैठकका क्रममा साढे ६ लाख उठेको थियो, जसबाट करिव २ लाख रुपैयाँ बचत भएको छ । यसरी हेर्दा अहिले पार्टी झण्डै ११ लाख ऋणमा रहेको नेताहरुले बताएका छन् ।

बैठकमा संयोजक डा. बाबुराम भट्टराईले पेश गरेको ‘निर्वाचनको तयारी सम्बन्धी कार्ययोजना’मा पनि पार्टी आर्थिक संकटमा रहेको उल्लेख छ । उनले भनेका छन्, ‘हामी आर्थिक संकटमा छौं । यस्तो संकट केन्द्रमा मात्र होइन, स्थानीय तहसम्म नै छ । हामी निर्वाचनमा सहभागी भइरहँदा आर्थिक स्रोत अझ धेरै आवश्यक पर्ने पक्का छ ।’

सिद्धान्तको शुद्धताले मात्रै व्यवहार प्रभावकारी नहुने भन्दै उनले कतै बढी नै सिद्धान्तवादी त भएनौं ? भन्ने प्रश्न उठाउँदै यसबारे समीक्षा गर्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् ।

सदस्यतालाई आर्थिक श्रोतको आधार बनाउने, सहयोग र स्वेच्छिक चन्दालाई पारदर्शी गर्ने, पार्टीलाई उत्पादनमा जोड्दै लैजाने पार्टीको प्रतिवद्धता भएको भन्दै डा. भट्टराईले भनेका छन्, यहाँसम्म आइपुग्दा सोचेजसरी पार्टीलाई उत्पादनमा जोड्न सकिएको छैन ।

पार्टी सञ्चालनको निम्ति न्यूनतम आर्थिक सहयोग जुटाउन पनि सकिएको छैन । अर्कोतिर न त लेबी व्यवस्थित गर्न सकिएको छ, न त पार्टीका नेतृत्व पंक्तिले गर्ने भनिएको स्वैच्छिक सहयोग नै पूर्णरुपमा संकलन भएको छ ।’

डा. भट्टराईको प्रतिवेदनमा निर्वाचनबाट मुख्य शक्तिको रुपमा स्थापित नभई ‘असल राजनीतिका लागि लगानी’ भनेर मात्रै जनताले लगानी नगर्ने निष्कर्ष निकालिएको छ ।

जनताले लगानी गर्ने स्तरको पार्टी बनाउन नसक्दासम्म लेवीलाई व्यवस्थित गर्ने र सक्ने अभियन्ताहरुले निःस्वार्थ भावले आर्थिक सहयोग गर्ने विधिको विकल्प देखिादैन’ उनले भनेका छन् ।

सातबुँदे आर्थिक नीति

नयाँ शक्तिले आर्थिक व्यवस्थापनका लागि सातबुादे नीति अघि सारेको छन् । जसमा पार्टीको झाण्डा लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने र विदेशमा बिक्री गर्ने योजना समेत छ ।

यस्तै सात प्रदेशमा सातवटा भव्य साँस्कृतिक कार्यक्रम गर्ने पनि नयाँ शक्तिको योजना छ । उसका प्रस्तावित सात बुँदा यस्ता छन्ः

१. मितव्ययिता र आत्मनिर्भरतालाई मुख्य नीति र शैली बनाउने । नियमित पार्टी सञ्चालनकालागि लेवीलाई प्रभावकारी बनाउने । आर्थिक व्यवस्थापनसँग सदस्यतालाई जोड्ने । यसका लागि अनिबार्य सदस्यता विवरण र सो वापत हुने शुल्कको हिस्सा केन्द्रीय समितिमा त्रैमासिक बुझाउने व्यवस्था गर्ने । यसले स्थानीय कमिटीहरुमा पनि आर्थिक स्रोत जम्मा हुनेछ ।

२. निर्वाचनमा पुराना शक्तिहरुले गर्ने फजुल खर्च, तडक-भडक, किनबेच, भ्रष्टाचार आदिसँग प्रतिस्पर्धा गर्ने नभई मितव्ययिता, स्वच्छता, पारदर्शिता, आत्मनिर्भरतामा जोड दिने । न्यूनतम खर्चको व्यवस्थापनको निम्ति आफ्नै पार्टीपंक्ति, शुभेच्छुक र आम जनतासँग विधिसम्मत र पारदर्शी ढंगले विशेष सहयोग संकलन गर्ने ।

३. विभिन्न सहयोगीहरुबाट सहयोग उठाउने कामलाई नियमित गर्ने । एकजनाबाट धेरै रकम नभई धेरै जनाबाट थोरैथोरै रकम भए पनि लिने नीति लिने । मुठि्ठदान जस्तो वैकल्पिक विधिहरु प्रयोग गर्ने । यस्तो सहयोगलाई जोरजबरजस्ति नगर्ने र आर्थिक सहयोग दिनेलाई धन्यवाद दिने र पछि खर्च सार्वजनिक गर्ने ।

४. पार्टीका झण्डा, लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने उत्पादनमुखी काम गर्न आर्थिक प्रबर्द्धन शाखा वा पार्टी सहयोगीहरुबाट सुरु गर्ने गराउने । जसलाई पार्टी कार्यकर्ता शुभेच्छुकहरु लगायत विदेशमा बिक्री गर्ने र सो वापत आम्दानी गर्ने ।

५. सात प्रदेशमा सात वटा भव्य साँस्कृतिक कार्यक्रम गर्ने । यसमा पार्टी शुभचिन्तक, सदस्य, सेलीबे्रटीहरुले प्रदर्शन र प्रस्तुति दिने ।

६. प्रवास प्रदेशले निर्वाचन प्रयोजनका लागि आफ्ना मातहतका कमिटीहरुलाई आर्थिक सहयोगका लागि बिशेष अपील गर्ने ।

७. केन्द्र, प्रदेश, जिल्ला तहमा आर्थिक स्रोत परिचालन समिति बनाएर प्रभावकारी कार्यसम्पादन गर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न