सेयर बजार घट्यो

nepseकाठमाडौं, चैत २१–साताको पहिलो दिन आइतबार दुई पटक सर्किट व्रेक लगाउँदा पनि अढाइ घण्टामै करिव ८० अंक अर्थात ५ प्रतिशतले बढेको सेयर वजार सोमबार भने झरेको छ । बजार खुल्दा उच्च अंकले बढेको भएपनि अन्तिम समयमा थामिएको थियो । आज बजार बन्द हुँदा ६.५९ अंकको गिरावट आएको छ ।

सोमबार ट्रेडिङ र बीमा वाहेकका सवै समूहको सूचक रातो भएका छन् । एक सय ४४ कम्पनीको कारोवार भएको वजारमा आज ४३ लाख २० हजार ५ सय २१ कित्ता सेयर खरिद विक्रिवाट २ अर्ब ५२ करोड २५ लाख ४९ हजार ६ सय ३३ रुपैयाँ बरावरको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज बैकिङ समूहको सूचक ७.२८ अंकले घटेको छ भने होटल समूहको सूचक ३५.३९, विकास बैंक समूहको सूचक १४.०८, जलविद्युत समूहको सूचक २९.५२, फाइनान्स समूहको सूचक ८.८४ र अन्य समूहको सूचक ५.५ अंकले घटेको छ ।

आज ट्रेडिङ समूहको सूचक १.४१ र बीमा समूहको सूचक ६७.६५ अंकले बढेको छ ।
आज बजार खुल्नासाथ उच्च अंकले बढेपछि सुरुमा १५ मिनेटका लागि सर्किट व्रेक लगाइएको थियो । यस्तै, दोस्रो पटक ४ अंकभन्दा वढीको वृद्धि लिएपछि दोस्रोपटक सर्किट व्रेक लगाइएको थियो । तर, वजार वन्दा हुँदा भने अधिकाशं सूचक रातो भए ।

आइतबार बजार खुलेको दुई घण्टा ३० मिनेट नपुग्दै बजार ५ प्रतिशतले बढेपछि कारोवार बन्द भएको थियो । दुई पटक सर्किट व्रेक लागेर वजार ५ प्रतिशतले वढेपछि कारोवार स्थगित भएको थियो ।

बजार खुलेको करिव दुई घण्टामै ४ प्रतिशतले बढेपछि पहिलो पटक सर्किट व्रेक लागेको थियो । वजार उच्च अंकले वढेपछि आधा घण्टा कारोवार स्थगित गरिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

आज नेप्से २३ दशमलव २५ अङ्कले बढ्यो

असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम