सेयर बजार घट्यो

nepseकाठमाडौं, चैत २१–साताको पहिलो दिन आइतबार दुई पटक सर्किट व्रेक लगाउँदा पनि अढाइ घण्टामै करिव ८० अंक अर्थात ५ प्रतिशतले बढेको सेयर वजार सोमबार भने झरेको छ । बजार खुल्दा उच्च अंकले बढेको भएपनि अन्तिम समयमा थामिएको थियो । आज बजार बन्द हुँदा ६.५९ अंकको गिरावट आएको छ ।

सोमबार ट्रेडिङ र बीमा वाहेकका सवै समूहको सूचक रातो भएका छन् । एक सय ४४ कम्पनीको कारोवार भएको वजारमा आज ४३ लाख २० हजार ५ सय २१ कित्ता सेयर खरिद विक्रिवाट २ अर्ब ५२ करोड २५ लाख ४९ हजार ६ सय ३३ रुपैयाँ बरावरको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज बैकिङ समूहको सूचक ७.२८ अंकले घटेको छ भने होटल समूहको सूचक ३५.३९, विकास बैंक समूहको सूचक १४.०८, जलविद्युत समूहको सूचक २९.५२, फाइनान्स समूहको सूचक ८.८४ र अन्य समूहको सूचक ५.५ अंकले घटेको छ ।

आज ट्रेडिङ समूहको सूचक १.४१ र बीमा समूहको सूचक ६७.६५ अंकले बढेको छ ।
आज बजार खुल्नासाथ उच्च अंकले बढेपछि सुरुमा १५ मिनेटका लागि सर्किट व्रेक लगाइएको थियो । यस्तै, दोस्रो पटक ४ अंकभन्दा वढीको वृद्धि लिएपछि दोस्रोपटक सर्किट व्रेक लगाइएको थियो । तर, वजार वन्दा हुँदा भने अधिकाशं सूचक रातो भए ।

आइतबार बजार खुलेको दुई घण्टा ३० मिनेट नपुग्दै बजार ५ प्रतिशतले बढेपछि कारोवार बन्द भएको थियो । दुई पटक सर्किट व्रेक लागेर वजार ५ प्रतिशतले वढेपछि कारोवार स्थगित भएको थियो ।

बजार खुलेको करिव दुई घण्टामै ४ प्रतिशतले बढेपछि पहिलो पटक सर्किट व्रेक लागेको थियो । वजार उच्च अंकले वढेपछि आधा घण्टा कारोवार स्थगित गरिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा