काठमाडौँः काठमाडौँबासीको तिर्खा मेटाउन अर्बौ लगानीमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनामा ठुलो भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको छ ।भ्रष्ट्राचार रोकथामका लागि निर्देशन दिने व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा मेलम्ची खानेपानी आयोजनामा करोडौं रुपैयाँ भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको हो ।
नेपाली कांग्रेसका सांसद् मोहनबहादुर बस्नेतले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बनाइनुपर्ने हेड बक्सको परामर्शदाताले डिजाइन नै तयार नगरेको अवस्थामा आयोजना प्रमुखले ५८ करोड रुपैयाँ भुक्तानी गरेको भन्दै यसको छानविन हनुपर्ने माग गरे ।हालका आयोजना प्रमुखको कार्यकाल चाँडै सकिन लागेकाले समितिले यस विषयमा छानविन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
मेलम्ची खानेपानी आयोजनाको प्रमुखका रूपमा हाल घनश्याम भट्टराई कार्यरत छन् । परामर्शदातासँग मिलेर भट्टराईले भ्रष्ट्राचार गरेको दाबी सांसद् बस्नेतले गरेका छन् ।उनले हेडबक्सको डिजाइन नै नबनाइएकाले तथा जटिल खालको पहरोमा सुरुङ खन्ने कामै नभएको अवस्थामा मेलम्चीको पानी काठमाडौँ आइपुग्नन अझै एक वर्ष लाग्ने दाबी गरे ।
मेलम्ची खानेपानी आयोजनाले आगामी असोजभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गरिसक्ने दाबी गर्दै आएको छ ।मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले २६ अर्ब रुपैयाँ खर्च गरेर पाइपलाइन विछ्याउने काम गरिरहेको छ ।
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा