मेलम्ची खानेपानी आयोजनामा करोडौं भ्रष्ट्राचार भएको दाबी

hjk-750x500काठमाडौँः काठमाडौँबासीको तिर्खा मेटाउन अर्बौ लगानीमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनामा ठुलो भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको छ ।भ्रष्ट्राचार रोकथामका लागि निर्देशन दिने व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा मेलम्ची खानेपानी आयोजनामा करोडौं रुपैयाँ भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको हो ।

नेपाली कांग्रेसका सांसद् मोहनबहादुर बस्नेतले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बनाइनुपर्ने हेड बक्सको परामर्शदाताले डिजाइन नै तयार नगरेको अवस्थामा आयोजना प्रमुखले ५८ करोड रुपैयाँ भुक्तानी गरेको भन्दै यसको छानविन हनुपर्ने माग गरे ।हालका आयोजना प्रमुखको कार्यकाल चाँडै सकिन लागेकाले समितिले यस विषयमा छानविन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाको प्रमुखका रूपमा  हाल घनश्याम भट्टराई कार्यरत छन् । परामर्शदातासँग मिलेर भट्टराईले भ्रष्ट्राचार गरेको दाबी सांसद् बस्नेतले गरेका छन् ।उनले हेडबक्सको डिजाइन नै नबनाइएकाले तथा जटिल खालको पहरोमा सुरुङ खन्ने कामै नभएको अवस्थामा मेलम्चीको पानी काठमाडौँ आइपुग्नन अझै एक वर्ष लाग्ने दाबी गरे ।

मेलम्ची खानेपानी आयोजनाले आगामी असोजभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गरिसक्ने दाबी गर्दै आएको छ ।मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले २६ अर्ब रुपैयाँ खर्च गरेर पाइपलाइन विछ्याउने काम गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग