काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अबको दुई वर्षभित्रै भारतलाई बिजुली बेच्ने सामर्थ्य राख्ने गरी काम गरिरहेको बताएका छन् ।
भारतबाट बिजुली किनेर लोडसेडिङ घटाएको आरोपको खण्डन गर्दै उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उक्त कुरा बताएका हुन् । ‘अहिले नेपालमा लोडसेडिङ्ग घट्नुको कारण भारतबाट महंगोमा बिजुली ल्याएर हो भन्ने अभिव्यक्ति सुनिएकोले केही कुरा प्रस्ट्याउनु पर्ने देखिन्छ,’ उनले अगाडि लेखेका छन्, ‘अहिले भारतबाट करिब ४८० मेगावाट बिजुली ल्याइएको छ,जसमध्ये केही बिजुली नदीनालाको सन्धि सम्झौताअनुसार निःशुल्क पाइएको छ भने अरुलाई किनेरै ल्याइएको छ ।’
घिसिङले आरोपको खण्डन गर्दै अगाडि लेखेका छन्, ‘सबैलाइ के अपिल गर्न चाहन्छौं भने भारतबाट किनेरै भए पनि बिजुली ल्याउँदा उद्योगधन्दाहरु निरन्तर चलिरहेका छन् साथै जेनेरेटर,सोलार र इन्भर्टरको लागि बाहिरिने अरबौं रुपियाँ समेत जोगिएको छ ।’
घिसिङ अगाडि लेख्छन्, ‘त्यसैले समग्रमा हेर्दा भारतबाट केहि बिजुली ल्याउँदा हाम्रो व्यापार घाटा घटेको देखिन्छ । यद्यपि सधैं भारतबाटै बिजुली ल्याउने योजना भने कदापी होइन ।’ अबको २ बर्षमै भारतलाई बिजुली बेच्ने सामर्थ्य राख्नेगरी काम गरिरहेको बताउँदै उनी भन्छन्, ‘त्यसैले बढी नकारात्मक टिप्पणी गर्नुभन्दा पनि विद्युत प्राधिकरणको अभियानलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुहुन अनुरोध छ ।’
उनले जेठपछि नेपाललाई नै लोडसेडिङमुक्त बनाउने घोषणा गरेका छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा