पञ्चायती व्यवस्थाको पुनरावृत्ति गराउन लागे: डा. बाबुराम भट्टराई

Dr-Baburam_Bhattaraiकाठमाडौं, ८ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना दलहरुले मुलुकमा पञ्चायती व्यवस्थाको पुनरावृत्ति गराउन लागेको आरोप लगाएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा भेटघाट पछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् । स्थानीय निकाय निर्वाचन ऐन-२०७३ को दफा ५३७ मा भएको व्यवस्थाअनुसार निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुलाई निर्वाचन चिन्हबाट वञ्चित गरी स्वतन्त्र निर्वाचन चिन्ह लिनुपर्ने बाध्यता सिर्जना गरेको भन्दै उनले यसलाई पञ्चायती व्यवस्था पुनरावृत्ति गर्ने प्रयासको संज्ञा दिए ।

‘लोकतान्त्रिक व्यवस्थाको विपरित आगामी निर्वाचनमा सहभागी हुने दलहरु जो संसदमा छैनन् उनीहरुलाई चुनाव चिह्नसहित निर्वाचनमा भाग लिन नदिने प्रावधान राखिएको रहेछ,’ उनले भने, ‘यसअघि संसदमा भएका पार्टीहरुले मात्र चुनाव चिन्हसहित चुनाव लड्न पाउने र अरुले स्वतन्त्ररुपमा चुनाव लड्नुपर्ने भन्ने  रहेछ, यो निर्दलीय व्यवस्था अथवा पञ्चायती व्यवस्थाको पुनरावृत्ति हुन जान्छ ।’  उनले यस्तो व्यवस्था लोकतान्त्रिक व्यवस्थाको विरुद्ध हुन जाने तर्क गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो प्रावधानले कुनै नयाँ दल अगाडि आउन सक्ने सम्भावना सधैंका लागि रोकिने जिकिर गरे । उनले भने, ‘यो अत्यन्त गम्भीर विषय भएकोले यस विषयमा हामीले निर्वाचन आयोग र प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छौं ।’ उनले तत्काल अध्यादेश अथवा संविधान संशोधनमार्फत उक्त त्रुटि सच्याउन अनुरोध गरेको जानकारी दिए ।

‘हाम्रो दृढतापूर्वक माग के छ भने तत्काल संविधान संशोधन गरेर अध्याधेशमार्फत वा संसदबाट संविधान संशोधन गरेर यो त्रुटिलाई सच्याइनुपर्छ,’ उनले भने, ‘नत्र भने निर्वाचनको वातावरण बन्दैन ।’ उनले सरकारको यस्तो प्रयासले चुनाव नगर्ने षड्यन्त्रको प्रतिनिधित्व गर्ने दावी गरे । उनले भने, ‘सरकारले चुनाव घोषणाचाहि गर्ने तर चुनाव नगर्ने दिशातिर जान लागिरहेको त होइन ? भन्ने शंकालाई थप पुष्टि यसले गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा