मंगलबार गणेश मन्दिरहरुमा अझ बढी भिड लाग्ने गर्दछ ।
हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले गणेशलाई पुञ्ने गर्दछन् । गणेश शब्दको उत्पत्ति गण ं ईश मिलेर बनेको हो ।
जसको अर्थ हुन्छ गणहरूका देवता । शिवगणमा प्रमुख गण नन्दी हुन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेशलाई मानिन्छ ।मंगलबार बिहानैदेखि भक्तजनहरु आफैले घरमा चोखो गरि तयार पारिएको २१ तथा १०८ वटा तिलको लड्डु र २१ सुते बत्ती बाल्ने प्रचलन छ ।
लड्डु गणेश भगवानको सबैभन्दा मन पर्ने खाने कुरा हो । गणेश भगवानलाई प्रशन्न पार्न तिलको लड्डु, दुबो चढाउने प्रचलन छ । मनोकामना पूर्ण गरिदिने अर्थात गर्न लागेको एवम् गरी सकेका कार्य समेत सिद्ध हुने जनविश्वास रहि आएको छ ।
हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ ।
भगवान गणेशका पिता शंकर र माता पार्वती हुन् । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल ९जो खरानी घसेर जम्मा भएको थियो० एकत्र गरिन् ।
भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकामा राखि आफु भित्र बसिन् ।
यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी थिइन् ।
तर, माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे । बाहिरबाट कोही आएमा भित्र प्रवेश गर्न न दिने भए । यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्न सकेन ।
अन्तमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालकको शिर काटेर अलग गरी भित्र प्रवेस गरे । भित्र गएर माता पार्वती सँग भने ‘आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ ।
यसो सुनेर माता पार्ववी त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन् । यो देखेर भगवान शिवलाई पनि दुस्ख लाग्यो उनले भगवान बिष्णुलाई भने ‘मैले बालकको टाउको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ ।’
यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको लिएर आए । त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाइदिए । त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो । पछि उनै बालकको नाम गणेश रहन गएको हो ।
नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जातहुने, पुजा गर्ने तिथि, मिति , विधि, विधानमा एकरुपता पाइन्छ ।
तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ । डोटी बोगटानमा धिरगाणी ,गणेश भनिन्छ । डडेल्धुरामा गन्याप लाटो, बडालको लाटो देवताभनिन्छ । दार्चुलामा लटिनाथ ,गणेश भनिन्छ ।
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित