१ करोड डलरको परियोजना लिएर कोरियाली निर्माण कम्पनी नेपालमा

Dolors२९ फागुन, काठमाडौं । दक्षिण कोरियाको निर्माण कम्पनी एसवाई प्यानलले नेपालमा कारखाना विस्तार गर्ने तयारी गरेको छ । सुरु चरणमा १ करोड अमेरिकी डलर (१ अर्ब रुपैयाँभन्दा बढी) को प्रस्तावित परियोजना लिएर त्यसका उच्च अधिकारी काठमाडौं आएका छन् ।

त्यसका लागि कम्पनी दर्ता र वैदशिक लगानी स्वीकृतिको प्रक्रिया अघि बढाइएको अध्यक्ष होङ योङ–डनले जानकारी दिए । एसवाई प्यानल कम्पनीले कोरियामा धातुको प्रयोगबाट अग्ला–अग्ला भवन निर्माण गरेको छ ।

कोरियामा ५० कारखाना रहेको यसले आफूलाई चीन, भियतनाम र इन्डोनेसियामा विस्तार गरिसकेको छ । ‘यो अत्यन्त छिटो निर्माणको प्रविधि पनि हो’, शनिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष होङले भने, ‘नेपालमा कानुनी प्रक्रिया पूरा गरेको ६ महिनामा कारखाना निर्माण गर्ने लक्ष्य छ । भूकम्पपछिको पुनर्निर्माणलाई वैकल्पिक र भरपर्दो उपाय दिनु पनि हाम्रो उद्देश्य हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

आज नेप्से २३ दशमलव २५ अङ्कले बढ्यो

असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम