सुन काण्डमा १२ जनाविरुद् सङ्गठित अपराधको मुद्दा

15935361_10211155649197572_-05012017044940-1000x0-1काठमाडौँ,  फागुन २३– प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको साढे तेत्तीस किलो सुन पक्राउ घटनामा संलग्न १२ जनालाई पक्राउ गरी सङ्गठित अपराधमा आज मुद्दा दायर गरेको छ ।

गत पुस २० गते संयुक्त अरब इमिरेट्सको दुबईबाट गोपालबहादुर शाहीले एअर अरेबियाको उडानबाट ल्याउँदै गरेको सुनसहितको ‘लगेज’ र सो लिन गएका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरी खानतलासी लिँदा प्रति १० तोला तौल भएका सुनका बिस्कुट १५२ थान, सुन जडित औँठी १९ थान, सिक्री १८ थान, बरामद गरी जम्मा ३३ केजी ५७७।४० ग्राम सुन बरामद भएको थियो ।

ब्युरोले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख, नायब महानिरीक्षक नवराज सिलवालले सो घटनामा संलग्न दुबईमा रहेका मुख्य पाँच अभियुक्तसहित १८ जना अझै फरार रहेको जानकारी दिए ।

पक्राउ परेका १२ जनालाई सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा अनुसन्धान कार्य सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको उनले बताए ।

सुन तस्करीको मुख्य अभियुक्त काभ्रेका हरिशरण खड्का रहेको र उनी नै यो सुनको मालिक रहेको प्रहरीले जनाएको छ । यसैगरी दुबईमा बस्ने गुप्तालाल भुसाल, धु्रव, अर्र्जुनप्रसाद पोखरेल, राजुप्रसाद पन्त अभियुक्त रहेका छन् ।

उनीहरुविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी भइरहेको र दुबई प्रहरीसँग समेत समन्वय भइरहेको जानकारी सिलवालले दिए ।

सुर्खेत घर भई हाल नेपालगन्ज बस्दै आएका गोपाल शाही पुस २० गतेनै आएकोमा २१ गतेमात्रै उनको सुनसहितको लगेज नेपाल आएको थियो ।

मोरङ भई हाल काठमाडौँ गोठाटार बस्ने दिलबन्धु थापा, धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल बारा निजगढ बस्ने सन्तोष काफ्ले सोही दिन सुन लिन गएको अवस्थामा पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, चलाल गणेशस्थानका रामहरि कार्की, सिराहाको सिलोर्वा पछवारी घर भएका विमानस्थल भन्सारका तथ्याङ्क अधिकृत, नारायण यादव, काभ्रेपलाञ्चोकको गैरी बिसौना घर भई हाल विमानस्थलको एक्सरे मेसिन प्राविधिक राजकुमार ढकाल, भक्तपुर अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका विमानस्थलका रेडियो अपरेट श्यामकृष्ण श्रेष्ठ च्वामु रहेका छन् ।

यसैगरी गुल्मी तम्घास गाविस घर भई विमानस्थल प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री समेत सो घटनामा पक्राउ परेका छन् ।

वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि न्युरोडका सञ्चालक सुनसरी धरान नगरपालिका रोजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र धनकुटा नगरपालिकाका मनोज श्रेष्ठलाई पनि पक्राउ गरी ब्युरोले आज मुद्दा दायर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा