कलाकार गिरीसहित २२३ जना नयाँ शक्तिमा प्रवेश

Naya-shakti-party-praweshकाठमाडौं, २२ फागुन । नयाँ शक्ति पार्टी नेपालमा कलाकारसहित २२३ जनाले पार्टी प्रवेश गरेका छन् ।

आइतबार राजधानीमा नयाँ शक्ति पार्टीको सांस्कृतिक विभागले आयोजनाले गरेको पार्टी प्रवेश कार्यक्रममा नायक प्रज्वल गिरीको नेतृत्वमा १९३ जना र कलाकार देवीराम राना मगरको नेतृत्वमा ३० जना गरी २२३ जनाले नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्ने कलाकारहरुमा सुरज महर, दिनेश सिंह ठकुरी, कुसुम लामा, संगीता खड्का, अमृता नेपाल, नन्द घर्तीमगर, तलसा घर्तीमगर, राधा रानामगर, दिपक विक, दर्सना तिरुवा, जेनी राना, मिलन आलेमगरलगायत २ सय २३ जना रहेका छन् ।

नवप्रवेशी कलाकारहरुलाई स्वागत गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कलाकारहरु देशको विकास र समृद्धिका सहयात्री भएकोले कलाकारहरुलाई कलाकारिताको माध्यमबाट समृद्धिमा जुट्न आग्रह गरे ।

‘समृद्धि भनेको आर्थिक विकास मात्र होइन, आत्मीक एवं मानसिक सुख पनि हो,’ संयोजक भट्टराईले भने –‘कलाकारले मानिसमा रहेको सौन्दर्य चेतलाई उजागर गर्छ, यस अर्थमा कलाकार देशको समृद्धिका लागि अभिन्न अंग हुन् ।’

उनले देशका कुनाकाप्चामा अदृष्य रुपमा रहेका कलाकारहरुको प्रतिभा उजागर गर्दै विश्वसामु चिनाउन पनि कलाकारहरुलाई आग्रह गरे । देशको आर्थिक विकास र समृद्धिको साथसाथै समावेशिताको मुद्दालाई पनि सहि ढंगबाट व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संयोजक भट्टराईले सबै जातीय र भाषिक समुदायहरुको संस्कार र संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा सम्मान र प्रवद्र्धनमा कलाकारहरुलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।

कार्यक्रममा नयाँ शक्तिका सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धारले पारम्परिक राजनीतिमा कलाकारहरुलाई गहनाको रुपमा मात्र सजाउने गरिएकोमा असन्तुष्टि जनाउँदै कलाकारिता क्षेत्रलाई पनि राजनीतिमा समान स्थान दिइनुपर्ने बताइन् । उनले नयाँ शक्तिले सांस्कृतिक क्षेत्रलाई महत्वपूर्ण अंगको रुपमा ग्रहण गरेको समेत बताइन् ।

नवप्रवेशी कलाकार प्रज्ज्वल गिरीले नयाँ शक्तिले लिएको आर्थिक विकास र समृद्धिप्रति ऐक्यबद्धता जनाउँदै देशको समृद्धिको चाहना पूरा गर्न आफूहरु पार्टीमा एकताबद्ध भएको जनाए ।

कार्यक्रममा नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, प्रवक्ता खिमलाल देवकोटा, प्रवास संयोजक नवराज सुवेदी, आंगिक संगठन प्रमुख कुमार पौडेल, ४ नं. प्रदेश संयोजक बलावती शर्मा, १ नं. प्रदेश संयोजक पासाङ शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित