February 24, 2017

कोरिया जानेहरुले जस्तो काम परेपनि गर्छु भन्नेमा तयार भएर जानुपर्छ

मेरो कथा मेरो भोगाई

म कोरियामा पाँच वर्ष बसेर नेपाल फर्किएको हुँ । म सन् २००८ मा इपिएस पास गरेर गएको हुँ । नेपालबाट इपिएस पास गरे जाने नेपालीहरु मध्ये पहिलो लटमा जाने ५५ जनामा म पनि एक थिएँ ।

कोरिया जानेहरुले भाषा परीक्षा रपास गर्नुपथ्र्यो । त्यही भएर मैले पनि मैले भाषा परीक्षा दिएँ र पास पनि गरें । हामीलाई व्याकरणसहित स्तरीय भाषा सिकाइएको थियो । भाषा पास गरेर कोरिया जाँदा यति भए त राम्रै हुन्छ होला भन्ने सोचेको थिएँ । तर त्यहाँको परिवेश त फरक रहेछ । हामीलाई यहाँ व्याकरणसहितको स्तरीय भाषा सिकाइएको थियो ।

तर त्यहाँ यहाँ सिकेको जस्तो भाषा प्रयोग नहुने रहेछ । यहाँ हामीले आदरार्थी भाषा सिकेपनि त्यहाँ यस्तो आदरार्थी भाषा प्रयोग हुँदो रहेनछ । शब्द उही भएपनि शैली फरक हुँदो रहेछ । त्यसैले सुरु सुरुमा अलिक गाह्रो भयो । तर पछि सामान्य हुँदै गयो । मैले त विश्व भाषा कलेजमा पढेको थिएँ । त्यसैले मलाई अरुलाई जस्तो गाह्रो भएन ।

म उत्पादन क्षेत्रमा गएको थिएँ । मैले चाँहि पेपर प्रोडक्टमा काम गर्नुपर्यो । काम धेरै गाह्रो पनि होइन अनि साह्रै सजिलो पनि होइन । साँचो कुरा त के भने कोरिया होस या अरु कुनै देश विदेश जाने सबैले विदेशमा जस्तो काम परेपनि गर्छु भन्ने सोचेर जानुपर्छ । नभए समस्या हुन सक्छ ।

(रोहित गिरीले गर्नुभएको कुराकानीमा आधारित) 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे

आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न

दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा

लोकप्रिया पुरस्कारको घोषणा

२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा