काठमाडौं, फागुन १० – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वा्चित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वा्चित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए । उप्रेतीका अनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी सङगठनसँगको छलफलपछि त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम– २०६९ मा उक्त व्यवस्था गरिएको हो । ‘‘स्ववियुलाई वास्तविक विद्यार्थीको सङ्गठन बनाउनका लागि अन्तिम तहको परीक्षा दिइसकेपछि त्यो पदाधिकारी वा सदस्य पदमा बस्न पाउँदैन’’उप्रतीले भने ‘‘स्ववियुलाई मर्या्दित बनाउनका लागि अहिले यस्तो व्यवस्था ल्याउन थालिएको हो ।’’ उप्रतीले स्ववियुबाट रिक्त पदलाई के गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बताए । त्रिविले स्ववियु निर्वाचनमा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली अपनाउँदै छ । सभापति, सचिव, कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपतिक प्रणालीबाट चयन गरिने छ । उपसभापति र सहसचिव निर्वा्चित स्ववियुले चयन गर्नेछ भने ५० प्रतिशत सङ्गठनले बुझाएको बन्दसूचीबाट सबैभन्दा बढी मत पाउने सदस्यलाई निर्वाचन समितिले मनोनयन गर्ने छ । त्रिविमा यही फागुन १८ गते आठ वर्षपछि स्ववियु हुँदैछ ।
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त