February 20, 2017

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’को प्राविधिक सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राख्नुभएको मन्तव्य

baburam-bhattarai-1-696x388फागुन ८ काठमाडौ,नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’को प्राविधिक सत्रमा ‘पूर्वाधार: विशाल तस्वीर’ विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राख्नुभएको मन्तव्य केहि अंश

भौतिक पूर्वाधार र सेवा क्षेत्रले जनताको जीवनको स्तरोन्नति मात्रै होइन हाम्रो अर्थतन्त्रको उच्च उत्पादकत्व हासिल गर्न पनि योगदान पुर्‍याउँछ । समकालीन भूमण्डलीकरणको युगमा आधुनिक पूर्वाधार निर्माणविना हाम्रो अर्थतन्त्रले अन्य मुलुकसित प्रभावकारीपूर्ण प्रतिस्पर्धा गर्न सक्दैन । हरेक देशको आ–आफ्नै विशिष्ट अवस्था अनुरुप नीतिहरु बनाउन आवश्यक रहे पनि केही साझा आधारतत्व भने ध्यानमा राख्नु पर्दछ, जस्तै, घरेलु र वैदेशिक पुँजी दुबैको परिचालन, प्राविधिक र व्यवस्थापकीय सामथ्र्यको सुधार, प्रविधिको स्थानान्तरण र नीजि क्षेत्रको बढ्दो संलग्नता ।
पूर्वी एशियाली राष्ट्रहरु जस्तै: जापान र कोरिया, र हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा पूर्वाधार विकासमा अभूतपूर्व स्तरको उच्च लगानीले ती देशहरुमा तीव्र आर्थिक वृद्धि र सामाजिक आर्थिक रुपान्तरण सम्भव बनाएको छ । पूर्वाधारमा गरिने उच्चतर लगानीले थुप्रै माध्यमद्वारा ती देशहरुको विकासमा योगदान पुर्‍याएको छ जस्तै: रोजगारी सिर्जना, उत्पादकत्वको वृद्धि, विश्वव्यापी प्रतिस्पर्धा र जीवनस्तरमा सुधार । तर, विकसित देशहरु खासगरी पश्चिमा मुलुकहरुले केही शताब्दी लगाएर गरेको पूर्वाधार विकास, हामी जस्तो विकासोन्मुख देशहरुले भने केही दशकभित्रै हासिल गर्नुपर्ने भएको छ । यसकारण पनि यो क्षेत्रमा उच्चतम लगानीको आवश्यकता छ ।

भौतिक पूर्वाधारमा बढ्दो लगानी आवश्यक छ कि छैन भन्ने कुरा अहिले बहसको विषय होइन किनभने यो क्षेत्रमा लगानी बढाउँदा समाज र अर्थतन्त्रलाई पुग्ने फाइदाबारे हामी सबैबीच मोटामोटी सहमति नै छ । वास्तविक बहस चाहीँ पूर्वाधार सेवा उपलब्ध गराउन कसरी पुँजी लगानी परिचालन गर्ने र सदुपयोग गर्ने भन्ने विषयमा हुन जरुरी छ ।

नेपालमा सडक तथा यातायात व्यवस्थाको स्तरोन्नती गर्न अत्यावश्यक छ । केही राजमार्ग र लिंक रोडलाई तीव्र गतिको द्रूतमार्गमा परिणत गर्नुपर्दछ । काठमाडौं–तराई द्रूतमार्गको निर्माणकार्य अविलम्ब सुरु गर्नुपर्दछ । पूर्व–पश्चिम विद्युतीय रेल र अन्य सम्भावित उत्तर–दक्षिण रेलमार्गको निर्माणलाई पनि शीघ्रता प्रदान गर्नुपर्छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र केही ठूला जलविद्युत परियोजनाहरुको निर्माण र कार्यान्वयन अत्यन्त आवश्यक छ । हामीले पूर्वाधार निर्माणको योजनामा उन्नत र नवीनतम प्रविधिहरुको उपयोग गर्नुपर्दछ ।

हाम्रो देशमा सीमित पुजीका स्रोतहरु र अपर्याप्त प्राविधिक सामथ्र्य जस्ता समस्याहरु विद्यमान रहेको हुँदा यी पूर्वाधार परियोजनाका सूचीहरु केही महत्वाकांक्षी देखिनु स्वाभाविक हो । तर हामीले अन्य मुलुकबाट सिक्न सक्छौं । हाम्रो निम्ति ठूलो विडम्बना के हो भने केही वर्षयता एकातिर हामी समक्ष न्यून पुँजी स्रोत छन् भने अर्कोतिर नियमित बजेटद्वारा निर्माण भएका पूर्वाधार परियोजनाहरु पनि कार्यान्वयनमा ल्याउन सकेका छैनौं । हाम्रा उर्जाशील युवा इन्जिनीयरहरु बेरोजगार वा अर्धवेरोजगार छन् ।

तर यी नकारात्मक प्रवृत्तिहरुलाई हामीले उल्टाउनुपर्छ । हाम्रो सामु यी चुनौतिहरुको सामना गर्न केही सम्भावना र अवसरहरु पनि छन् । जस्तै विप्रेशण प्रवाह, जुन वार्षिक ६ अर्ब डलर बराबर हुनेगर्दछ, यसले हामीलाई पुँजीं स्रोत प्रदान गर्दछ । हाम्रो ऋण/जीडीपी अनुपात तुलनात्मक रुपमा कम छ, ३० प्रतिशत भन्दा कम, यसले पनि हामीलाई घरेलु र वैदेशिक पुँजी परिचालन गर्न केही खुकुलो वातावरण बनाउँछ ।
हाम्रो विकासको परिकल्पना समावेशी, वातावरणमैत्री र दीगो हुन जरुरी छ । जलविद्युत विकासद्वारा हामीले हाम्रो उर्जा व्यवस्थालाई कार्वनमुक्त बनाउन सक्छौं । यातायात व्यवस्थाको विद्युतीकरणद्वारा हामीले संसारमै नमूना प्रदूषणरहित यातायात व्यवस्थाको स्थापना गर्नसक्छौं ।

मलाई आशा छ कि आगामी दिनहरुमा निजी क्षेत्रले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्नेछ र लगानी परिचालन, परियोजनाहरुको कार्यान्वयन र सेवा सञ्चालनमा अग्रता लिनेछ । यो सँगसँगै वैदेशिक पुँजी आकर्षित गर्न पनि जरुरी छ जसको निम्ति नेपाली निजी क्षेत्रले विदेशी कम्पनीहरुसँग साझेदारी र संयुक्त कार्यहरु सञ्चालन गर्न भूमिका खेल्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त