February 18, 2017

काठमाडौं महानगरपालिकाको नक्सा पासका नयाँ नियम, जग्गाधनीको उपस्थिति अनिवार्य

 16805240_1301103976644940_1488873320_o-750x421७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पासका लागि जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने नयाँ नियम ल्याएको छ । कर्मचारीकै मिलेमतोमा जथाभावी नक्सापास गर्ने र भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने क्रम बढेपछि भएपछि महानगरपालिकाले नयाँ कार्यविधि ल्याएको हो ।

यसलाई ‘भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण संक्षिप्त कार्यविधि-२०७३’ नाम दिइएको छ । अब नक्सापास गर्दा घर/जग्गा धनी आफैं उपस्थित हुन नसक्ने भए मनासिब कारणसहितको निवेदन परेमा वारेश राख्न पाइने काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

विदेशमा रहेका जग्गा धनीको हकमा भने राजदूतावासबाट प्राप्त अधिकृत वारेशनामा र अन्यको हकमा वारेशनामा लेख्दा महानगरपालिकाको कानुन महाशाखा वा सम्बन्धित वडा प्रशासकीय प्रमुखको रोहबरमा गर्नुपर्ने नियम ल्याइएको छ ।

महानगरपालिकाले अनियमितातालाई रोक्न अब नक्सा पास गर्ने र त्यसको अनुगमन गर्न छुट्टाछुट्टै टोली परिचालन गर्ने निर्णय पनि गरेको छ ।

अब सेवाग्रहीबाट नक्सा पासका लागि नियमअनुसार ईबिपिएसमार्फत आवेदन दिनुपर्नेछ । त्यस्ता नक्सा फाइल सम्बन्धित प्राविधिकमार्फत भवन निर्माण मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप छ छैन जाँच गरेर तीन दिनभित्र लाग्ने दस्तूरसहित वडा कार्यालयमा पठाउनुपर्ने नियम बनाइएको छ ।

कार्यबिधिमा नक्सा दर्ता भइसकेपछि त्यस्ता फाइल सम्बन्धित कर्मचारीले मात्रै फाँट र वडामा फायल लैजाने व्यवस्था लागू गर्ने उल्लेख छ ।

अब नक्सा दर्ता, वडा कार्यालयमा सूचनाको टासका लागि फाइलको मुचुल्का, अस्थायी नक्सा पास, स्थायी नक्सा पास र निर्माण सम्पन्न इजाजतपत्रको सूचना सम्बन्धित घरधनीलाई एसएमएसमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।

यसैगरी नक्सा पास तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र बुझ्न सम्बन्धित घरधनी नै उपस्थित हुनुपर्ने र उपस्थित हुन सनसकेमा वारेसनामा लिनुपर्ने कार्यबिधिमा उल्लेख छ ।

अहिले महानगरपालिका नक्सापासको कामका लागि आर्थिक चलखेल हुने गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख दिएर रकम अशुलक दलालदेखि कर्मचारी नै लाग्ने गरेका छन् ।

सेवाग्रहीसँग अनावश्यक लाभ लिने क्रम बन्द गर्न यस्तो नियम बनाइएको कार्यकारी तामाङले बताए । अहिले महानगरपालिकाले नक्सापास प्रक्रियाको अनुगमनका लागि छुट्टै कार्यदल पनि बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त