February 18, 2017

काठमाडौं महानगरपालिकाको नक्सा पासका नयाँ नियम, जग्गाधनीको उपस्थिति अनिवार्य

 16805240_1301103976644940_1488873320_o-750x421७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पासका लागि जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने नयाँ नियम ल्याएको छ । कर्मचारीकै मिलेमतोमा जथाभावी नक्सापास गर्ने र भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने क्रम बढेपछि भएपछि महानगरपालिकाले नयाँ कार्यविधि ल्याएको हो ।

यसलाई ‘भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण संक्षिप्त कार्यविधि-२०७३’ नाम दिइएको छ । अब नक्सापास गर्दा घर/जग्गा धनी आफैं उपस्थित हुन नसक्ने भए मनासिब कारणसहितको निवेदन परेमा वारेश राख्न पाइने काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

विदेशमा रहेका जग्गा धनीको हकमा भने राजदूतावासबाट प्राप्त अधिकृत वारेशनामा र अन्यको हकमा वारेशनामा लेख्दा महानगरपालिकाको कानुन महाशाखा वा सम्बन्धित वडा प्रशासकीय प्रमुखको रोहबरमा गर्नुपर्ने नियम ल्याइएको छ ।

महानगरपालिकाले अनियमितातालाई रोक्न अब नक्सा पास गर्ने र त्यसको अनुगमन गर्न छुट्टाछुट्टै टोली परिचालन गर्ने निर्णय पनि गरेको छ ।

अब सेवाग्रहीबाट नक्सा पासका लागि नियमअनुसार ईबिपिएसमार्फत आवेदन दिनुपर्नेछ । त्यस्ता नक्सा फाइल सम्बन्धित प्राविधिकमार्फत भवन निर्माण मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप छ छैन जाँच गरेर तीन दिनभित्र लाग्ने दस्तूरसहित वडा कार्यालयमा पठाउनुपर्ने नियम बनाइएको छ ।

कार्यबिधिमा नक्सा दर्ता भइसकेपछि त्यस्ता फाइल सम्बन्धित कर्मचारीले मात्रै फाँट र वडामा फायल लैजाने व्यवस्था लागू गर्ने उल्लेख छ ।

अब नक्सा दर्ता, वडा कार्यालयमा सूचनाको टासका लागि फाइलको मुचुल्का, अस्थायी नक्सा पास, स्थायी नक्सा पास र निर्माण सम्पन्न इजाजतपत्रको सूचना सम्बन्धित घरधनीलाई एसएमएसमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।

यसैगरी नक्सा पास तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र बुझ्न सम्बन्धित घरधनी नै उपस्थित हुनुपर्ने र उपस्थित हुन सनसकेमा वारेसनामा लिनुपर्ने कार्यबिधिमा उल्लेख छ ।

अहिले महानगरपालिका नक्सापासको कामका लागि आर्थिक चलखेल हुने गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख दिएर रकम अशुलक दलालदेखि कर्मचारी नै लाग्ने गरेका छन् ।

सेवाग्रहीसँग अनावश्यक लाभ लिने क्रम बन्द गर्न यस्तो नियम बनाइएको कार्यकारी तामाङले बताए । अहिले महानगरपालिकाले नक्सापास प्रक्रियाको अनुगमनका लागि छुट्टै कार्यदल पनि बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

२०७९ साल फागुन १० गते बुधबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय राम्रो रहेकाले पराक्रम

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

यी हुन् १८ महिलालाई प्रेम जालमा पारेर लाखौं सम्पत्ति लुट्दै फरार झापाका नेत्रप्रसाद गिरी।

७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो

निशाको “ओजन” लोकार्पण

१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो,डलरको खरिद दर १३२ रुपैयाँ १९ पैसा 

२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान