आजका पत्रिकाहरुमा प्रकाशित भएका प्रमुख समाचारहरु

patrapatrika-bimal-250x150५ फागुन, काठमाडौं ।

फागुन ८ गते घोषणा हुने समाचारलाई बिहीबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, प्रमुख दलका शीर्ष नेताबीच फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने समझदारी भएको समाचारलाई पनि अधिकांश दैनिक पत्रिकाले फ्रन्टपेजमै छापेका छन् ।नेपाल वायुसेवा निगमले दुइ थान ठूला (वाइड बडी) खरिद गर्न सम्बद्ध कम्पनीलाई बैना स्वरुप १० लाख अमेरिकी डलर पठाएको खबर आजको नागरिकमा छ ।

राष्ट्रिय ध्वजाािहक निगमले बुधबार राती हिमालयन बैंकको न्यूरोड विशाल बजार शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा कम्पनी ‘हाइफ्लाई एयरलाइन्स’ लाई उक्त रकम पठाएको हो ।

‘हाइफ्लाई एयरलाइन्स’को स्वीट्जरल्यान्डमा रहेको बैंक खातामा निगमले पैसा पठाएको हो ।

अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्याइदिने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्याई अलपत्र छाड्ने गरेको भेटिएको छ ।

नेपालीलाई ती राष्ट्रसम्म पुर्याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाइरहेको समेत खुलेको खबर आजको नागरिकमा छ ।

दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा भिसा उपलब्ध गराउँदै आएका छन् । दक्षिणपूर्वी एसियाली केही राष्ट्रले नेपालीलाई शसुल्क अनअराइभल भिसा दिदै आएका छन् त केहीले निशुल्क ।

मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्याइ मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ ।

IMG_9685यससँगै नयाँ पत्रिका दैनिकले डडेलधुरमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचारलाई महत्व दिएको छ । त्यस्तै अधिवेशनअघि नै राप्रपा अध्यक्षमा कमल थापा सर्वसम्मत भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

 

नेपाल प्रहरीको नेतृत्व प्राविधिकको हातमा पुग्नु सरकारको असफलता भएको भन्दै मुख्य समाचार छापेको अन्नपूर्ण पोस्ट् दैनिकले संविधान संशोधनमा एमाले अध्यक्ष केपी ओली लचक भएको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकको फ्रन्टपेजमा अब लेनदेनको कागज वडा कार्यालयले प्रमाणित गर्नुपर्ने समाचार छापिएको छ ।

पिच गरेको एक महिनामै सडक भत्काइएकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले दक्षिणपूर्वी एसिया मानव तस्करीका लागि ट्रान्जिट बन्दै गएको समाचारलाई खास महत्व दिएको छ ।

राजधानी दैनिकले नेपाल चीन सैन्य अभ्यासको मोडालिटी तयार पारिँदै गरेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

राजनीतिक निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहालले संकल्प गरेको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले अनलाइन श्रमस्वीकृतिले राहत नभएको समाचारलाई एंकर बनाएको छ ।

सार्कका लागि आतंकवाद अन्त्य गर्नुपर्ने विज्ञहरुको सुझावलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा स्थान दिएको छ ।

स्वास्थ्य सेवा ऐनअनुरुप आफूहरुको स्तर वृद्धि भएकै पद र तलबसुविधा लागू गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले ४७ दिनदेखि स्वास्थ्य मन्त्रालय परिषरमा धर्ना दिँदै आएको खबर आजको कान्तिपुरमा छ ।

अहेवबाट तालिम लिएर सिनियर अहेव भएका र अवधिको आधारमा स्तर वृद्धि भएर सिनियर अहेव, सिनियर अनमी भएकाहरु आन्दोलनमा छन् ।

उनीहरुले गत माघ २५ गते देखि नै देशभरका स्वास्थ्य चौकीमा इमर्जेन्सीबाहेकका सेवा बन्द गर्नुका साथै राष्ट्रिय कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

विमलेन्द्रसँग यसकारण रिसाए देउवा

भनिन्छ, प्रचण्ड आफैँ नवराज सिलवालको पक्षमा भएका हैनन्, विमलेन्द्र निधीमार्फत नै नवराजलाई महानिरीक्षक बनाउनुपर्ने पक्षमा गएका हुन् । ‘लुज टकिङ’ मा माहिर मानिने प्रचण्डले शायद देउवालई यो कुरा सुनाए क्यार। शनिबार बालुवाटारबाट फर्कँदा पनि विमलेन्द्रसंग आगो नै थिए ।
आक्रोशको विषय थियो, अह्राएको काम नगर्ने, बरु पुलिसहरुलाई ‘पार्टी सभापतिको कारण म बाध्य छु’ भन्दै टक्टकिने ! आइतबार सखारै मन्त्रिपरिषद् बैठक बोलाइ जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्तिको निर्णय त भयो । तर, चार घण्टामै सर्वोच्चले नियुक्ति यथावत राख्न र भोलिपल्ट तत्काल पदबहाली नगराउन आदेश दिएपछि बजारमा देउवा निक्कै गर्माए । जनआस्था साप्ताहिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द