February 14, 2017

घुस लिँदालिँदै उपन्यायाधिवक्ता घिमिरे पक्राउ

३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई घुस रकम लिइरहेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। आजको नागरिक दैनिकमा समाचार छ ।

घिमिरेले फरार रहेको अवस्थामा ज्यान मुद्दाका प्रतिवादीमार्फत् मृतकको साथबाट प्राप्त गरेको आइफोन खरिदमा संलग्न रुपेश श्रेष्ठको मुद्दा फितलो बनाई अदालतमा पेस गर्ने प्रयोजनका निम्ति प्रतिवादीका आफन्तसँग घुस मागेका थिए।

अख्तियारको टोलीले सुविधामार्गस्थित ताज बैंक्वेट अगाडिबाट उनलाई नियन्त्रणमा लिएको हो। आयोगले घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

२०७९ साल फागुन १० गते बुधबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय राम्रो रहेकाले पराक्रम

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

यी हुन् १८ महिलालाई प्रेम जालमा पारेर लाखौं सम्पत्ति लुट्दै फरार झापाका नेत्रप्रसाद गिरी।

७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो

निशाको “ओजन” लोकार्पण

१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो,डलरको खरिद दर १३२ रुपैयाँ १९ पैसा 

२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान