‘प्रचण्ड–ओली अतिवादका नाइके’

काठमाडौं, माघ २९ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हात पारेको र छाडेपछि ओरालो लागेको दाबि गरेका छन् ।
शनिबार संवाद डबलीमा पार्टीमा नव प्रवेशीहरुलाई स्वगत गर्दै खम्बुले वर्तमान नेपालको समस्या ठ्याक्कै माक्र्स, लेनिन र माओले ब्यख्या गरेजस्तै नभई जातीय, क्षेत्रिय र नश्लिय भएको धारणा राखे । खुम्बुले माओवादीले जनयुद्ध थाल्नु पूर्व नै माओवादी र आफूहरुले कार्यगत एकता गरेको बताए ।
प्रचण्ड लगायतका नेताहरुलाई जातिय र क्षेत्रिय उत्पिडनबारे बस्तुगत अवस्थामा सहमत गराएको बताउँदै भने, खम्बुले “हामीले प्रचण्ड बाबुरामहरुलाई जातिय मार्चा बनाउन सुझयौं, सोका कारण माओवादीले छोटो समयमै नब्बे प्रतिशत भूभागमा नियन्त्रण जमायो तर शान्तिप्रक्रिया पश्चात ओरालो लाग्यो । शान्ति प्रक्रियापछि प्रचण्डले खोलो तरेको लौरो बिर्सेपछि जातिय मुद्धा विसर्जनवादमा पुग्यो ।”

SANYO DIGITAL CAMERA
सांसद समेत रहेका खम्बुले वर्तमान संविधान पूर्ण नभएको बताउँदै परिमार्जन गर्दै लिन सकिने धारणा बताए । खम्बुले प्रचण्ड र केपी ओपी दुबै नेता अतिवाद नाइके भएको दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संविधान संशोधन गर्नैपर्ने भन्नु र ओलीले कुनैपनि हालतमा हुँदैन भन्नु दुबै अतिवाद भएको उनको तर्क थियो । प्रचण्ड र ओली अतिवादका नेतृत्वकर्ता भएका कारण समस्या समाधान हुन नसकेको धारणा राखे ।
कार्यक्रममा पार्टीका उपत्यका अध्यक्ष ऋषि खम्बुले देशका समस्या समाधनको लागि जनता एकजुट हुनुपर्ने बताए । केन्द्रीय सदस्य राज्य खम्बु, राज्य राई, साँस्कृतिक प्रालीका श्यम कुमार राई, सोलुखुम्बु अध्यक्ष रामकाजी राईलगायतले पनि धारणा राखेका थिए ।
विभिन्न पार्टी परित्याग गरी ममता राई, मुक्ति सेर राई, इन्दिरा राई, मनिशा सुनुवार, मोहन राई, राकेश पाण्डे, रामकृष्ण बेगारीलगायत दुई दर्जन खम्बुवान मोर्चामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत