जेठमै स्थानीय निर्वाचन गर्ने दाहाल र ओलीबीच सहमति

२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच जेठको पहिलो साता स्थानीय निर्वाचन गर्ने समझदारी भएको समाचारलाई शनिबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् ।IMG_9613

उर्जामन्त्री जनार्दन शर्माको ‘उर्जा’ले नै ‘देश उज्यालो’ भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकमा  प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा सुरक्षा चुनौती बढेको बताएको समाचारलाई प्राथमिकता दिएको छ ।

 

अन्नपूर्ण पोस्ट् दैनिकले कीर्तिमान प्रमाणपत्र अनुमानकै आधारमा दिने गरेको समाचारलाई महत्व दिएको छ ।

सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

पक्राउ परेकाको बयानका आधारमा पँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहेपनि समाउन सकिएको छैन । ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने ।

उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिएपनि उनीहरु केहि समययता घरमा छैनन् । आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ ।

IMG_9610-657x1024सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट मन्दिर-मस्जिद निर्माणमा खर्च गरेको समाचारलाई खास महत्व दिएको नागरिक दैनिकले ‘चुनावमा पार्टीका च्याँखेदाउ’ शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ । त्यस्तै जेलमा रहेका बालबालिकाको स्टोरीले महत्व पाएको छ ।

कान्तिपुर दैनिकले नेपालबाट बन्दाको नाममा काउली भारत निकासी हुने गरेको समाचारलाई प्राथमिकता दिएको छ ।

राजधानी दैनिकको फ्रन्टपेजमा ‘३ प्रतिशत थ्रेसहोल्ड, एक सिट अनिवार्य’ शीर्षकको समाचार छापिएको छ ।IMG_9611

गोरखापत्र दैनिकमा राजनीतिक निकासका लागि प्रधानमन्त्री सक्रिय भएको समाचार र स्थानीय तहको निर्वाचन गराउन कानुनी बाटो खुलेको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

अस्पतालमा बढेको फोहोरसम्बन्धी समाचारलाई महत्व दिएको नेपाल समाचार दैनिकले सिंहदरबार पुनर्निर्माणसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

– प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थपेको छ,’ सेनाको कमान्ड एन्ड स्टाफ कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित ‘रक्षा तथा कूटनीतिबाट राष्ट्रिय सुरक्षा सुदृढीकरण’ विषयक सेमिनारमा प्रधानसेनापति क्षत्रीले भने, ‘सरकारअन्तर्गतका निकायबीच एकीकृत अवधारणाका आधारमा विद्यमान सुरक्षा चुनौती सामना गर्नुपर्छ र उचित कूटनीतिक प्रयास पनि बढाउनुपर्छ ।’

नेपालसहित विकासशील मुलुकका लागि कूटनीति र रक्षा नीति एक–अर्काका परिपूरक भएको प्रधानसेनापति क्षत्रीको भनाइ छ । ‘विकासशील देशहरूका लागि सामान्य सुरक्षा व्यवस्थापन नै पछिल्लो समयमा चुनौती हुन थालेको छ,’ उनले भने, ‘सरोकारवाला निकायको समन्वयमा एकीकृत हिसाबले मात्रै चुनौतीको सामना गर्न सकिन्छ ।’

सेमिनारमा ६ महिनाअघि अवकाश पाएका उपरथी एवं युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका पूर्वप्रमुख हिमालय थापाले भारतीय नाकाबन्दी हटाउन सेनाले उल्लेख भूमिका निर्वाह गरेको बताए । प्रधानसेनापति क्षत्रीको दूतका रूपमा उनी र अर्का सैनिक अधिकृत अनुपजंग थापाले दिल्ली गएर भारतीय सेनाप्रमुख दलवीर सिंहसँग वार्ता गरेको पनि उनले बताए ।

‘अनुपजंग थापा र मैले प्रधानसेनापतिका दूतका रूपमा दिल्ली गएर आर्मी चिफ दलवीर सिंहलाई नेपालको परिस्थितिको जानकारी गराएका थियौँ, त्यसपछि भारतबाट नाकाबन्दी खुलेको हो,’ पूर्वउपरथी थापाले भने, ‘नेपालले सैन्य कूटनीतिमार्फत वेलावेलामा उपलब्धि हासिल गरेको छ ।’

पूर्वरथी पवनबहादुर पाँडेले भारतीय सैन्य प्रमुख सिंह गोर्खा राइफल्सका कमान्डेन्ड रहेका कारण नेपाली सेनाले उनीसँग नाकाबन्दीबारे कुराकानी गर्न सफल भएको बताए । ‘यदि सेनाप्रमुख मराठा रेजिमेन्ट वा अन्तको पृष्ठभूमिका थिए भने सेनाले कुराकानी गर्न सक्ने र उसले अग्रसरता देखाउन सक्ने अवस्था थिएन,’ पाँडेले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त