February 10, 2017

कविता: म पनि तिमी जस्तै मान्छे | – | मिरा प्रसाई

कुचि चलाउ भन्छु
रङगहरुको सम्योजनलेMIra-Prasai
जीवन सजाउ भन्छु
रात मस्तिस्कमा लिखित
कल्पना र कोसिसहरु
प्रात : सबै खेर जान्छन
कोरा जिबनका पन्नामा
सुन्दर कथा लेखौ भन्छु
मस्तिस्क डेग चल्दैन
केही शुभ गर्न खोज्दा
सबै कोसिस नाकाम बन्छन ।

अस्त्ब्यस्त जीवन
आहलादित मनसङग
प्रत्येक दिन मान्छेहरुको भिडमा
यो शहरका चिल्ला सडकहरुमा
कताकता हराउछु म
मेरा सोच बिचारहरु
अनायास बिलाएर जान्छन
एउटा जिउदो मान्छे म
तर !
आधाआधि मरेको
चिसो चिसो जस्तो ।
एउटा जिउदो मान्छे म।
मलाइ देख्दा डराउछन मान्छेहरु
झुत्राझाम्राले लाज ढाकेको
मैलो जट्टे कपाल
भोको पेटले रन्थनिएको म
कामको खोजिमा धेरै भौतारिन्छु
कहिले पागल भनदै कुटेर खेद्छन
कहिले चोर भन्दै ढोका थुनछन ।
ए !
सुकिला शुशिलाहरु हो !
थरथर कापे पनि
भोकले छटपटिए पनि
स्विकार्छु बरु मृत्यु
कसम,
चोरेको छैन
आफ्नो इमान बिर्सेको छैन
ए !
मलाइ फोहोरी देख्ने आखाहरु हो !
तिमिसङग गुनासो छैन केहि
थाहा छ,
तिम्रो बौदिक क्षमता यति हो ।
म पनि तिमी जस्तै छु
बुझ्नेले बुझ्छ
नबुझ्नेले बुझ्दैन
गरिब हुनु मेरो दोष हैन
पागल त म कदापी हैन !

फरक यति हो
तिमी धनी छौ
सुखी छौ
मेरो र तिम्रो रगत उस्तै छ रातो
मेरो र तिम्रो
शारीरिक बनोट पनि उस्तै छ ।
तर म,
हाडछालाले बने पनि
रगत रातै भए पनि
केही भिन्न छु तिमी भन्दा
जिवनमा अनुत्तीर्ण भएको
भाग्यले ठगिएको
कर्मले लुटेको
दोबाटोमा अल्मलिएको
कताकता हराएको
एउटा मान्छे म
तिमी जस्तै एउटा मान्छे
तिमी जस्तै एउटा मान्छे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे