एउटा घरानियाँले कुनै बखत एउटा भव्य भोजको आयोजना गरेछ । उसले देशका राष्ट्रपति, प्रधानमन्त्रीलगायतका करीब १०० जना विशिष्ट अतिथिहरु आमन्त्रण गरेछ । पार्टी प्यालेसको समस्याले भोज अपरान्ह ठीक ४ बजे शुरु गर्नुपर्ने थियो । ४ बज्दा केही विशिष्टहरु आई पुगेनछन् । उसले बाटो हेर्दै मन खिन्न बनाउँदै भन्यो, ‘आउनुपर्ने मुख्य अतिथिहरु आईपुगेका छैनन् । तर भोज शुरु गरौं ।’ त्यहाँ उपस्थित करिब दुई दर्जन अतिथिले ‘हामी त आउनुपर्ने अतिथि नै होइन रहेछौं । आउनुपर्ने त बाँकी पो रहेछन् ‘ भनेर भोजमा सरिक नै नभई हिँडेछन् । आएका पाहुना भोजमा सरिक नै नभई हिंडेको देखेपछि त्यो घरानियाँले झन् खिन्न हुँदै भनेछ, ‘नजानुपर्ने पाहुना भोज नखाई गए ।’ अरु करिब दुई दर्जन पाहुनालाई लाग्यो, ‘ए, उनीहरुचाँहि नजानु पर्ने पाहुना, हामीचाँहि जानुपर्ने पाहुना ?’ उनीहरु पनि भोजमा सरिक नभई हिंडे ।
भोज आयोजकको खिन्नताको पारो झन बढ्यो । उसले फेरि भन्यो, ‘हरे, मैले यो कुरा कहाँ उहाँहरुलाई भनेको हो र !’ बाँकी पाहुना पनि भोज नखाई हिँडे किनभने उनीहरुले ठाने, ‘त्यो कुरा उनीहरुलाई नभनेको भए पक्का हामीहरुलाई भनेको हो ।’
तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको चुनावी अभियानमा उनकी पत्नी न्यान्सी रेगनले एउटा टेलिफोन वार्तालापमा त्यहाँको आमसभामा उपस्थित सबैले सुन्ने गरी भनेकी थिइन्, ‘म यहाँ सुन्दर गोरा मानिसहरुसँग रमाईरहेकी छु ।’ त्यहाँ उपस्थित सबै काला जातिका मानिस रिसाए किनभने उनीहरुले न्यान्सीको भनाईको यस्तो अर्थ लगाए, ‘न्यान्सीको बुझाईमा काला मानिस सुन्दर नहुँदा रहेछन् र उनी काला जातिसँग रमाउने रहिनछन् ।’
यी प्रसङ्गहरुमा कहींकतै वक्ताको नियतमा समस्या देखिँदैन । यहाँ समस्या वक्ताको भाष्यमा छ ।एकपटक फ्रान्समा ईसाई प्रार्थना गृहमा बम प्रहारबाट थुप्रै हताहती भयो । त्यहाँका प्रधानमन्त्रीले सो कार्यको भर्त्सना गर्दै भने, ‘यो निर्दोष फ्रेन्च जनतामाथि गरिएको बर्बर आक्रमण हो ।’ यो वक्तव्यको आलोचना गरियो किनभने यसको यस्तो अर्थ लगाईयो, ‘के फ्रेन्च जनतामात्र निर्दोष हुँदारहेछन् ? के यो आक्रमण यहुदी वा डचमाथि गरिएको भए कम बर्बर हुन्थ्यो ?’
नेपाली नेताहरुको भाष्यमा सबै जनताले अपनत्वको महसुस गर्न सकिरहेका छैनन् । राष्ट्रिय अखण्डता, सार्वभौमिकता, धार्मिक एवम् जातीय सहिष्णुता, राष्ट्रिय एकता र वैदेशिक सम्बन्धको बारेमा सबै नेताको समान धारणा हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।
उदाहरणस्वरुप थारु बाहुल्य क्षेत्रमा ‘यो थारुहरुको थात थलो हो ।’ भनेर भाषण गर्ने नेताले त्यहाँ युगौंदेखि बसोबास गरिरहेका अन्य समुदायले अमिलो मन बनाएको कति हेक्का राखे होलान् । मधेशका मुद्दा उठाउने नेताले तराई मधेशमा बस्ने सबै जनताले सो मुद्धा आफ्नो बनाउन किन सकिरहेका छैनन् । संघीय प्रदेशको सीमाङ्कनको छलफलमा ‘मेरो आँगन सम्म छ, त्यो पनि लैजाउ’ भन्ने एक शीर्ष नेताको टिप्पणी नेपाली राजनीतिको बजारमा मीठो अचार बन्यो तर त्यसको उपयुक्तताको बारेमा कहिल्यै बहस भएन ।
अर्को शीर्ष नेताले ‘अरु मलाई थाहा छैन, कैलाली कन्चनपुर फुटाउन पाईंदैन’ भन्दा अन्यत्रका जनताले ‘कैलाली र कन्चनपुर मात्र नटुक्र्याउने अन्तचाँहि जे गरे पनि हुने’ भन्ने अर्थ लगाउलान् भन्ने चिन्ता देखिएन । प्रधानमन्त्रीले ‘क्याम्पसतिर महेन्द्रीय राष्ट्रवादी हावा धेरै चल्न थालेकोले वाइसिएललाई तयार रहन’ आदेश दिँदा यसको अर्थ त्रिविविभित्र बाहुबलीय उपस्थितिको लागि खुल्ला आव्हान गरेको अर्थ लाग्छ भन्ने ठानेनन् ।
एक पूर्वप्रधानमन्त्रीले वीरगञ्जको एउटा कार्यक्रममा ‘आजसम्म मधेशी जनताले राष्ट्रघात गरेका छैनन्’ भन्ने अभिव्यक्ति दिंदा यसको अर्थ आजसम्मको राष्ट्रघात खसआर्य र आदिवासीको हातबाट मात्र भएको छ भन्ने लगाउलान् भन्ने कुनै मेलोमेसो भएन ।
नियत सफा हुँदाहुँदै पनि नेताले प्रयोग गर्ने भाषा जनमैत्री नहुँदा उनीहरुको व्यर्थको आलोचना भईरहेछ । नेताले बोल्दा ईन्द्रेणीस्वरुपको नेपाली समाजको चित्रलाई ख्याल गरे आखिर के बिग्रन्छ र
? एक शीर्ष नेताको बोलीमा सबै जनताले जतिसुकै न्यून प्रतिशतमा नै किन नहोस्, आफ्नो भावना समेटिएको महसुस गर्न पाउनु पर्दछ ।
(साझापेष्ट डटकमबाट साभार गरिएको)
लेखक : निर्मल भट्टराई
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
१ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने
तारा निधि पन्त श्रावण १०, २०८२ “प्रदूषण र जलवायु संकटविरुद्ध बुद्धको योगदान अर्थात बौद्धदर्शन र