January 25, 2017

निर्वाचनका दुई विधेयक संसदमा, आजै पारित हुने सम्भावना

काठमाडौं, १२ माघ । संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले निर्वाचनसँग सम्बन्धित दुई विधेयक मंगलबारको संसद् बैठकमा पेस गरेका छन् । उनले मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक संसद्मा पेस गरेका हुन् । अझै समितिमा राजनीतिक दल, स्थानीय तह निर्वाचन, निर्वाचन कसुरसम्बन्धी तीनवटा विधेयक दफावार छलफलको क्रममा छ ।Samsad

मंगलबार पेस भएका दुवै विधेयकलाई संसद्ले सम्भवतः बुधबार नै पारित गर्ने सम्भावना बढेको छ । विधेयकमाथि नेमकिपाको मात्र फरक मत रहेका कारण पनि यी दुई विधेयक पारित हुने सम्भावना बढेको हो । संसद् बैठक बुधबार २ बजे बस्दै छ ।

संसदमा सांसदहरूले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोलेका सांसदहरूले स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको र संविधानअनुसार पनि निर्वाचन गर्नुपर्ने बाध्यात्मक समयको चापमा रहेको भन्दै निर्वाचन मिति घोषणाको माग गरेका हुन् ।

सांसद अफिलाल ओखेडा, आशा घिमिरे, आशा कोइरालालगायतले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । निर्वाचन लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको भन्दै उनीहरूले जतिसक्दो छिटो मिति घोषणा गर्न माग गरेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा